नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

प्रदेश १ मा शनिवार थपिए कोरोनाका १८० संक्रमित

ओखलढुङ्गान्युज, मंशिर १३, २०७७ विराटनगर प्रदेश १ मा शनिवार १८० जना कोरोना संक्रमित थपिएका छन् । पछिल्ला दिनहरुमा प्रदेश नं. १ मा कोरोना भाईरस संक्रमित हुनेहरुको संख्या दिनानुदिन थपिन थालेको छ । संक्रमित विरामीको डिस्चार्जको तुलनामा संक्रमितहरुको संख्या उच्च गतिमा बढ्न थालेको छ । 

शनिवार पछिल्लो २४ घण्टामा प्रदेश नं. १ मा थपिएका कोरोना भाईरसका संक्रमितहरुमा सुनसरीमा ५३, झापामा ४९, मोरंगमा ३६, इलाममा १७ जना रहेका छन् । त्यस्तैगरि पाँचथरमा ६, धनकुटामा ४, उदयपुरमा २, ताप्लेजुङ, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २६ हजार ८ सय ५९ पुगेको छ ।

प्रदेश १ मा शनिवार ८४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या प्रदेश नं. १ मा २१ हजार ७ सय ६२ पुगेको छ । शनिवार पछिल्लो २४ घण्टामा ७ सय ७३ जनाको पीसीआर परीक्षण गरिएका मध्ये ६८ महिला र १ सय १२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ८९ हजार ५ सय २ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।