नेपाली समय Loading...२०८२ बैशाख ९ मंगलवार

चीनवाट आएको सामन अब सिधै काठमाण्डौंमा

ओखलढुङ्गान्युज, मंशीर १३, २०७७ काठमाण्डौं लामो सयमदेखि बन्द अबस्थामा रहेको तातोपानी नाकाबाट शुक्रबारदेखी नेपालमा सामान ल्याउने प्रक्रियाको सूरुवात भएको छ । नेपाल र चीनबीचको छोटो, स्थल व्यापारिक नाका तातोपानी हुँदै नेपालतर्फ ४० फीट लामो कन्टेनरमा सामान ल्याउने प्रक्रिया सुरु भएको हो ।

४० फीट लामो कन्टेनरमा आएको सामान भन्सार जाँचपछि काठमाण्डौ लैजाने व्यवस्था गरिएको छ । यो व्यबस्था सँगै सामान चीनवाट नेपाल भित्रिने क्रममा र नेपाल भित्रिसके पश्चात पनि विभिन्न ठाउँमा लोड अनलोड गर्दा सामान बिग्रने तथा कामदारको पारिश्रमिक दिनु नपर्ने भएको छ ।

चिनियाँ पक्षले नै व्यापार व्यवस्थापन गर्न यो सर्त राखेपछि नेपाली सिल्क ट्रान्सपोर्टको चालिस फुटे कन्टेनरले सामान ढुवानी गर्ने भएको हो । तातोपानी नाकामा व्यापार व्यवसाय व्यवस्थित गर्न लागिरहेको सिल्कले चीन तथा नेपाल सरकारबीच सहजीकरण गरेर व्यवस्थित तथा आधुनिक प्रक्रियाबाट काम सुरु गर्न लागेको हो ।

लामो समयदेखि कोभिडका कारण नेपाली व्यवसायीका ११ सय भन्दा धेरै कन्टेनरमा रहेका सामान चीनतर्फ नै अड्किएका छन् । लामो समय सम्म सामान कन्टेनरमा नै रहदा सामान विग्रिएको भन्दै व्यबसायीहरुले चिन्ता गरिरहेका छन् । नाका खुलेसँगै ती सामानलाई पहिलो प्राथमिकतामा राखेर सामान नेपाल तर्फ ल्याउने तयारी छ ।

चिनियाँ पक्षले ४० फीटको कन्टेनरको प्रयोग गर्न भनेपनि नेपालतर्फको बाटोका कारण भने सामान ढुवानीमा समस्या परेको छ । २०७२ सालमा गएको भूकम्पको कारण र वर्षातमा आएको विभिन्न समयको भलवाढीका कारण नेपालतर्फको सडक बिग्रिएको अवस्थामा छ । ती सडकहरुको मर्मत कार्य अझैपनि नेपाल सरकारले गर्न सकेको छैन ।

सामान ढुवानीलाई सहज बनाउन तत्काल अरनिको राजमार्गको सुधार गर्नका लागि सरकारले योजना बनाउनुपर्ने व्यापारीहरुले बताएका छन् । राजमार्गमा पर्ने सडकखण्डहरुको मर्मत तथा सुधार नगरेसम्म नाकामा रोकिएको सामान काठमाण्डौं सम्म ल्याउनका लागि भने अझै समय लाग्ने देखिएको छ ।