नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

कोरोनाका कारण शुक्रवार पछिल्लो २४ घण्टामा २३ को मृत्यु

ओखलढुङ्गान्युज, मंशीर १२, २०७७ । काठमाण्डौं । नेपालमा शुक्रवार  पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ। शुक्रवार थपिएको यो संख्यासँगै नेपालमा कोरोना संक्रमणका कारणबाट मृत्यु हुनेहरूको कुल संख्या १ हजार ४ सय ३५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार उपलब्ध गराएको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न ल्याबहरूमा गरिएको पिसिआर परीक्षणमा थप १ हजार ७ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यस्तै, देशभर १ हजार २ सय ३६ जना संक्रमित कोरोनामुक्त भएका छन् । हाल देशभरमा १७ हजार २ सय ३७ जना सक्रिय संक्रमितहरू रहेका छन्।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न ल्याबमा जम्मा १० हजार ४ सय ६० नमुना परीक्षण गरिएको र यससँगै हालसम्म देशभर १७ लाख १० हजार ४ सय ६० पिसिआर परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ।

त्यस्तैगरि प्रदेश नं. १ मा पनि शुक्रबार पछिल्लो २४ घण्टामा २ सय २० जना कोरोना संक्रमित थपिएका छन् । थपिनेहरुमा झापामा ८४, मोरंगमा ७२, सुनसरीमा ३५, संखुवासभामा १०, इलाममा ६, खोटाङमा २, उदयपुर र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश नंं १ मा कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ७९ पुगेको छ ।

प्रदेश १ मा शुक्रबार १ सय ८८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या प्रदेश नं. १ मा २१ हजार ६ सय ७९ पुगेको छ । शुक्रबार प्रदेश नं. १ भरि ९ सय ११ जनाको पीसीआर परीक्षण गरिएको र त्यसमध्ये ८९ महिला र  १ सय ३१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ८८ हजार ७ सय २९ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पछिल्ला दिनमा प्रदेश नं. १ मा डिस्चार्ज हुने भन्दा संक्रमित हुनेहरुको संख्या क्रमशः बढ्दै गएको छ ।