नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

सेनेटरी उत्पादन निःशुल्क बनाउने पहिलो राष्ट्र स्कटल्याण्ड

ओखलढुङ्गान्युज, मंशिर, २०७७ । भौतिक सम्पती भन्दा प्रमुख कुरा भनेको मानिसहरुको लागि स्वास्थ्य नै हो । मानिस स्वस्थ्य रहेन भने भौतिक सम्पतीको कुनै अर्थ हुदैन । त्यसैमध्ये महिलाहरुको नियमित हुने महिनावारी पनि एक हो । यो समयमा आफ्नो स्वास्थ्यलाई ख्याल गरेन भने महिलाको ज्यन समेत जान सक्छ ।

नेपालमा महिलाको हुने महिनावारीलाई विभिन्न रुपमा लिने गरिन्छ । महिनावारीको बेलामा नै विशेष ध्यान दिन नसक्दा वा बेवास्ता गर्दा कतिपयको ज्यान समेत गैरहेको छ । कतिपयले यसलाई धार्मिक अन्ध विश्वाससँग समेत जोडेको पाईन्छ । जसका कारण सामुायीक विद्यालयमा अध्ययन गर्न जाने छात्रा विद्यार्थीहरु समेत यो समयमा विद्यालयमा उपस्थित हुदैनन् ।

तर नेपाल सरकारले पछिल्लो समयमा विद्यालयका छात्राहरुलाई महिनावारीमा प्रयोग गर्ने सेनेटरी प्याडको निशुल्क व्यबस्थाको अबधारणा ल्याएपछि भने विद्यालयमा छात्राहरुको नियमित उपस्थितीमा बृद्धि भएको विद्यालयका शिक्षकहरुले नै बताउने गरेका छन् । समाजमा समेत केही चेतनामा बृद्धि भएको छ भने महिलाहरुमा हुने यो नियमित प्रकृया भएकोले यस्तो समयमा स्वास्थ्यमा ध्यान दिनुपर्छ भन्ने चेतनाको क्रमशः विकास हुन थालेको छ ।

यसैक्रममा स्कटल्याण्ड सेनेटरी उत्पादन निःशुल्क बनाउने विश्वमा नै पहिलो राष्ट्र बनेको छ । स्कटल्याण्डको संसदले सेनेटरी उत्पादन निस्शुल्क बनाउने प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गरेको हो । सरकारी संसदले अनुमोदन गरेसँगै अब स्कटल्याण्डका महिलाले आफुलाई आवश्यक परेजति सेनेटरीप्याड निस्शुल्क प्राप्त गर्नेछन् ।

दुई वर्षअघि स्कटल्याण्डको सरकारले छात्राका लागि ‘फ्री सेनेटरी प्रोडक्ट’ कार्यक्रम ल्याएको थियो । उक्त कार्यक्रमले विश्वव्यापी प्रशंसा पाएको थियो । स्कटल्याण्डको उक्त कार्यक्रमलाई अरू देशले पनि पच्छ्याएका थिए । सरकारको यो निर्णयले आममहिलाहरुको जीवनमा ठूलो अर्थ राख्ने अपेक्षा गरिएको छ।