नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

ओखलढुङ्गामा युवा संघ र योङ कम्युनिष्ट लिग एकिकरण सम्पन्न

ओखलढुङ्गान्युज, मंशिर १०, २०७७ । ओखलढुङ्गा । ओखलढुङ्गामा तत्कालीन नेकपा एमालेको भातृसंगठन युवा संघ नेपाल र तत्कालीन एकिकृत नेकपा माओवादीको भातृसंगठन योङ कम्युनिष्ट लिग  बीचको एकिकरण कार्यक्रम सम्पन्न भएको छ । केन्द्रमा पार्टी एकता भएको घोषणा भएको करीब साढे २ वर्ष पछि पुन पार्टी फुट्नै लाग्दा दुई पार्टीका भातृसंगठनको ओखलढुङ्गामा भने एकता प्रकृया सम्पन्न भएको हो ।

एकता पश्चात बनेको राष्ट्रिय युवा संघ नेपाल ओखलढुङ्गा जिल्ला समितिको ६१ सदस्यीय जिल्ला समिति बनेको छ । त्यसैगरि एकता पश्चात ९ सदस्यिय कार्यालय टिम तथा १९ जनाको जिल्ला सचिवालय समिति समेत निर्माण गरेको राष्ट्रिय युवासंघ नेपाल ओखलढुङ्गका सह इन्चार्ज सन्तोष मगरले जानकारी दिनुभयो ।

एकता पस्चातको बैठकले राष्ट्रिय युवा संघ नेपाल ओखलढुङ्गाको प्रदेश निर्वाचन क्षेत्र क मा पासाङ शेर्पा संयोजक तथा दिपक राईलाई सह संयोजक तोकको छ । त्यस्तै प्रदेश निर्वाचन क्षेत्र ख अन्तर्गत अनिल कार्की संयोजक र टिकाराम क्याप्छाकी मगरलाई सह संयोजकको जिम्मेवारी तोकेको छ ।

एकता कार्यक्रमले स्थानीय तहको संयोजक तथा सहसंयोजकहरुको समेत जिम्मेवारी तोकेको छ । जसमा चिशंखुगढी गाउँपालिकामा मोहन कार्की र सुवास घिमीरे, सिद्धिचरण नगरपालिकामा योगेश्वर राजभण्डारी र टोकल श्रेष्ठ, मोलुङमा लोकप्रिय सुनुवार र शेषराज खतिवडा, खिजिदेम्वामा आङदावा शेपा र विरबहादुर सुनुवारलाई संयोजक तथा सह संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । त्यस्तै मानेभञ्ज्याङमा मिलन राई र रहरमान राई, सुनकोशीमा मदन कटुवाल र प्रदिप मगर, चम्पादेवीमा ईन्द्र श्रेष्ठ र विपिन मगर, लिखुमा दिपक श्रेष्ठ र शर्मीला भट्टराईलाई संयोजक तथा सह संयोजकको जिम्मेवारी प्रदान गरेको छ ।

नेकपाको जिल्ला पार्टी कार्यालयमा सम्पन्न भएको एकता भेला कार्यक्रममा नेकपाका जिल्ला पार्टी सचिब मोहन कुमार श्रेष्ठ विशेष उपस्थितीमा संगठन विभाग प्रमुख नेत्र प्रसाद भट्टराई, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य तथा जिल्ला सहइञ्चार्ज सन्तोष मगर, केन्द्रिय सदस्य सीता नेपाली जिल्ला संयोजक राजन खत्री, सह संयोजक छबिरमण धमला तथा पार्टी फ्याक्सन इञ्चार्ज शिबराम खडकाको उपस्तिथि रहेको थियो ।