नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

रेडक्रसद्वारा प्रदेश सरकारलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

ओखलढुङ्गान्युज, मंशिर , २०७७ विराटनगर नेपाल रेडक्रस सोसाईटीले मंगलवार प्रदेश १ सरकारलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । रेडक्रसले १८ लाख ५८ हजार भन्दा बढी मूल्यको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

नेपाल रेडक्रस सोसाईटीकी केन्द्रीय उपाध्यक्ष शर्मिला कार्कीले सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरलाई मंगलवार एउटा भेन्टिलेटर, ६ हजार थान सर्जिकल मास्क, २ हजार ५ सय जोर ग्लोब्स हस्तान्तरण गर्नुभएको हो । त्यस्तै रेडक्रसले बुझाएका अरु सामाग्रीहरुमा ५० थान पीपीई सेट, २ सय थान केएन ९५ मास्क, ५० थान सुरक्षा चस्मा रहेको छ । यी समाग्रीहरुको बजार मूल्य करिब १८ लाख ५८ हजार १ सय बराबर हुन आउछ ।

रेडक्रसले हस्तान्तरण गरेको सामाग्री ग्रहण गर्दै राज्यमन्त्री गजमेरले संघीय, प्रदेश र  स्थानीय सरकार मात्रै नभएर कोरोना संक्रमण नियन्त्रणका लागि सवै एक ठाउँमा उभिन आवश्यक रहेको बताउनुभयो । प्रदेश सरकारले प्राप्त गरेको सामाग्री कोरोना संक्रमण जोखिममा अग्रपंक्तिमा रहेर कार्यगर्ने व्यक्तिहरुलाई वितरण गर्ने गरिएको राज्यमन्त्री गजमेरले बताउनुभयो ।

नेपाल रेडक्रस सोसाईटीकी केन्द्रीय उपाध्यक्ष कार्कीले रेडक्रस केन्द्र स्तरमा मात्रै नभई प्रदेश र जिल्ला स्तरमा पुगेर कोरोना संक्रमण जोखिममा अग्रपंक्तिमा रहेर कार्यगर्ने स्वास्थ्यकर्मी र विरामीको सघन उपचारमा मद्धत पु¥याउने काम गरिएको बताउनुभयो ।  

कोकाकोला र नेपाल रेडक्रस सोसाईटीको साझेदारीमा कोरोना महामारीको अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, विरामी र स्वयंसेवकहरुको सुरक्षाका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाईटी मोरङका सभापति सुवोधकुमार सिंहले जानकारी दिनुभयो ।