नेपाली समय Loading...२०८१ बैशाख ११ मंगलवार

खिजिदेम्बाले मंशिर १० वाट सबै विद्यालय सञ्चालन गर्ने

ओखलढुङ्गान्युज, मंशिर , २०७७ ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिकाले मंशिर १० गतेबाट आफ्नो सबै पालिकाका सबै सामुदायीक विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । गाउँपालिकाको शिक्षा समितिको आईतवार बसेको बैठकले मंशिर १० गतेवाट पालिका भित्रका सबै सामुदायीक विद्यालयहरु सञ्चालन गर्ने निर्णय गरेको हो ।

आईतवार बसेको शिक्षा शाखाको बैठकले नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको विध्यालय सञ्चालन सम्बन्धि कार्य ढाँचा २०७७ र खिजीदेम्वा गाउँपालिका शिक्षा शाखाको विध्यालय तथा शिक्षण सँस्था सञ्चालन सम्बन्धि निर्देशिका २०७७ बमोजिम आवश्यक सुरक्षा सावधानी अपनाएर शिक्षण सँस्थामा पठनपाठन कार्य सुरु गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष वेद बहादुर रोकाले जानकारी दिनुभयो ।

अध्यक्ष रोकाका अनुसार मंशिर ९ गते मंगलबार सम्म पालिका भित्रका सबै सामुदायीक विद्यालयको विद्यालय व्यबस्थापन समिति र शिक्षक अविभावक संघको बैठक बस्नेछ । बैठकले विद्यालय सञ्चालनको बारेमा आवश्यक निर्णय गर्दै विद्यालय सञ्चालनका लागि आवश्यक पूर्व तयारी गर्नेछ । बैठकमा आएको सुझाबका आधारमा कोभिड संक्रमण हुनवाट बच्नका लागि सबै पूर्व तयारी अपानाएर मात्रै विद्यालय सञ्चालन गरिनेछ ।

कोरोना भाईरस संक्रमण हुनवाट बच्दै विद्यालयमा पठनपाठन सञ्चालनका लागि गाउँपालिकाले आइृतवार नै सबै विध्यालयहरुलाई कोभिड–१९ को सँक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रत्येक विध्यालयहरुलाई थर्मल गन, स्प्रेयर, हाईपोक्लोराईड लिक्वीड, सेनिटाईजर, मास्क, पन्जा तथा प्राथमिक स्वास्थ्य बाकसहरु वितरण गरेको पनि गाउँपालिका अध्यक्ष रोकाले जानकारी दिनुभयो । 

आईतवारको बैठकले विद्यालय सञ्चालनमा सहजता होस र संक्रमण हुनवाट बालबालिकालाई टाढै राख्न सकियोस भनेर विद्यालयमा प्रत्येक दिन विद्यालय सञ्चालन हुनुपूर्व नै स्प्रे मार्फत निर्मलीकरणको उपाय अपनाउने निर्णय गरेको छ । विद्यालयमा विद्यार्थी प्रबेश गर्दा नै उनीहरुको ज्वरो जाँचका लागि प्रत्येक विद्यालयमा थर्मल गन, सेनिटाईजर, मास्क समेत गाउँपालिकाले उपलब्ध गराएको छ । विद्यार्थी तथा विद्यालयमा आउने शिक्षकहरुको ज्वरो तथा स्वास्थ्य परीक्षणका लागि माथिल्लो कक्षामा विज्ञान तथा स्वास्थ्य पढाउने शिक्षक र तल्लो कक्षाका लागि विद्यालयकै छुट्टै एकजना शिक्षकलाई फोकल पर्सनको रुपमा व्यबस्था गर्ने समेत निर्णय गरेको अध्यक्ष रोकाले जानकारी दिनुभयो ।

गाउँपालिकाले पहिलो चरणमा कम्तिमा दुई महिनालाई पुग्ने गरि प्रत्येक विद्यालयका लागि आवश्यक स्वास्थ्य सामाग्रीको व्यबस्था गरेको पनि अध्यक्ष रोकाले जानकारी दिनुभयो । सामुदायीक विद्यालयका लागि उपलब्ध गराईएको सबै स्वास्थ्य सामाग्री गाउँपालिकाको कोभिड कोषवाट नै खर्च गर्ने निर्णय भएको पनि रोकाले जानकारी दिनुभयो ।