नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

शनिवार देशभर थपिए कोरोनाका १६७४ संक्रमित, प्रदेश १ मा १३५

ओखलढुङ्गान्युज, मंशिर , २०७७ काठमाण्डौं   शनिबार पछिल्लो २४ घण्टामा देशभर १ हजार ६ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिवार यो संख्या थपिएसँगै नेपालमा कोरोना भाईरस संक्रमित हुनेहरुको संख्या २ लाख १८ हजार ६ सय ३९ पुगेको छ ।

त्यस्तै शनिवार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानहरुमा कोरोना भाईरस संक्रमणवाट ७ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १३ सय ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार शनिवार देशभर २ हजार ३ सय २३ जना कोरोना भाईरस संक्रमित कोरोनामुक्त भएका छन् । यससँगै कोरोनामुक्त हुनेहरूको कुल संख्या १ लाख ९३ हजार ३ सय २५ पुगेको छ। हाल नेपालमा सक्रिय संक्रमितको संख्या  २४ हजार ९ रहेको छ।

मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाभित्र देशभरका विभिन्न ल्याबमा जम्मा ८ हजार १ सय ४४ नमुना परीक्षण भएको छ। यससँगै शनिवार सम्म देशभर १६ लाख ५२ हजार ४३ पिसिआर परीक्षण गरिएको पनि मन्त्रालयले तथ्यांकमा जनाएको छ।

त्यसैगरि पछिल्लो २४ घण्टामा प्रदेश १ बाट ३ सय ६८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ३ सय ६५ र न्युरो अस्पतालबाट ३ जना डिस्चार्ज भएका हुन । हालसम्म प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या २० हजार ५ सय ८८ पुगेको छ ।

प्रदेश १ मा शनिवार १ सय ३५ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेहरुमा मोरंगमा ६८, झापामा ५४, सुनसरीमा ६, इलाम र धनकुटामा ३–३ र पाँचथरमा १ जना रहेको सामाजिक विकास मन्त्रालय विराटनगरले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २५ हजार ७६ पुगेको छ ।

प्रदेश १ मा शनिवार पछिल्लो २४ घण्टामा ४ सय ७० जनाको पीसीआर परीक्षण गरिएको र परीक्षण गरिएका मध्ये ६७ महिला र ६८ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । हालसम्म प्रदेश नं. १ मा १ लाख ८२ हजार ६ सय ७ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।