नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

कोरोनाका कारण ओखलढुङ्गाकी मुना श्रेष्ठको पोर्चुगलमा मृत्यु

ओखलढुङ्गान्युज, मंशिर , २०७७ ओखलढुङ्गा कोभिड १९ (कोरोना भाईरस) संक्रमणको कारण ओखलढुङ्गा जिल्लाकी एक महिलाको मृत्यु भएको छ । जिल्लाको लिखु गाउँपालिका वडा नं. ३ नर्मदेश्वरकी मुना श्रेष्ठ कोरोना भाईरस संक्रमणका कारण ज्यान गएको हो ।

करीब दुई महिना अगाडी देखी कोभिड संक्रमण भएपछि उहाँको पोर्चुगलमा नै आईशीयु कक्षमा राखेर उपचार गरिएको थियो । कोभिड संक्रमित श्रेष्ठलाई अस्पतालको आईशीयु कक्षमा नै राखेर उपचार गर्नेक्रममा शनिवार राती २ बजे मृत्यु भएको उहाँको पारिवारीक श्रोतले जानकारी दिएको छ ।

श्रीमान् र दुई बच्चा सहित श्रेष्ठ केही बर्ष देखी बैदेशिक रोजगारीको शीलशीलामा पोर्चुगलमा नै रहनुभएको थियो । कामको शीलशीलामा नै श्रेष्ठलाई भदौ अन्तिम साता कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।