नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

सिनपा १ को तलुवामा भिषण आगलागी, नियन्त्रणमा लिने प्रयास जारी

ओखलढुङ्गान्युज, मंशिर , २०७७ निशंखे ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका वडा नं. १ तलुवा तर्फको जंगलमा शनिवार विहानै देखि आगलाग भएको छ । आगलागीका कारण जंगल सखाप भएको छ ।

विहान सानो रुपमा देखिएको आगोले दिउसो भिषण रुप लिएपछि अहिले स्थानीय नागरिकहरुको पहलमा आगोलाई नियन्त्रणमा लिने प्रयास भैरहेको निशंखेवाट बशन्त कटुवालले जानकारी दिए । आगलागी वस्तिमा छिर्न लागेपछि र नेपाल टेलिकमको फोरजी टावरमा आगलागीका कारण क्षति हुनलागे पछि स्थानीयहरुको सक्रियतामा त्यस तर्फको चाहि यो समाचार तयार पार्दै गर्दा आगो नियन्त्रणमा लिएका छन् । जंगलको बाकी भागमा लागिरहेको आगोलाई नियन्त्रणमा लिन प्रयास भैरहेको स्थानीयबासी कटुवालले बताए ।

आगो नियन्त्रणका लागि अहिले ओखलढुङ्गा जिल्ला सदरमुकामबाट नेपाली सेना, नेपाल प्रहरी र शशस्त्र प्रहरीको टोली घटनास्थल तर्फ जादै गरेको बताईएको छ । जंगलका रुखहरुमा स्थानीयले खर घाँस काटेर राखेको र केन्द्रिय विद्युत प्रसारण लाईनमा विद्युत सट हुदा आगलागी भएको हुन सक्ने स्थानीयले आशंका गरेका छन् । यद्यपी आगलागी घटनाको बारेमा विस्तृत विवरण भने आउन बाकी रहेको छ ।