नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

प्रदेश १ मा मंगलबार ७४० डिस्चार्ज, ५६ संक्रमित थपिए

ओखलढुङ्गान्युज, मंशिर , २०७७ विराटनगर प्रदेश नं. १ मा मंगलबार ७ सय ४० जना कोरोना भाईरस संक्रमित निको भएर डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ७ सय ३४ जना र विराट मेडिकल कलेजबाट ६ जना संक्रमित निका भएर डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मंगलवारसम्म प्रदेश नं. १ मा कोरोना भाईरस संक्रमित निको भएर डिस्चार्ज हुनेको संख्या १८ हजार ८ सय ६८ पुगेको छ ।

त्यस्तै प्रदेश १ मा मंलबार पछिल्लो २४ घण्टामा ५६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ३१, झापामा १७, सुनसरीमा ४, इलाममा १ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा मंगलबार पछिल्लो २४ घण्टामा १ सय ७६ जनाको पीसीआर परीक्षण गरिएको थियो । परीक्षण गरिएका मध्ये २० महिला र ३६ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ७९ हजार २६९ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालय विराटनगरले जनाएको छ ।