नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

आईशोलेशनमा नै सामूहिक भाईटिका

ओखलढुङ्गान्युज, मंशिर , २०७७ ईटहरी २०७७ सालको दोश्रो महानपर्व तिहार भर्खरै सकिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस संक्रमणको महामारीका विच पनि तिहार सकिएको छ । विगतका तिहार भन्दा अलिक फरक र खल्लो रुपमा नै भएपनि तिहार सम्पन्न भएको छ । अरुलाई त तिहार खल्लो भयो भने तिहारको बेला आईशोलेसनमा बसेकाको तिहार झन् कस्तो भयो होला ?

अरुले कोही घर जान नपाएर, कोही संक्रमित भएर या त अन्य विविध कारणले भाइटिका मनाउन नपाई रहेको बेला ईटहरीमा भने आईशोलेसन भित्र नै सामूहिक टिका लगाईएको छ । इटहरी उपमहानगरपालिकाद्वारा संचालित इटहरी आइसोलेसनमा सामुहिक भाईटीका लगाइएको हो । आइसोलेसनमा रहेका ६ जना संक्रमितहरुलाई उपमेयर लक्ष्मी गौतमको सक्रियतामा त्यहि आईशोलेशनमा नै रहनुभएकी एकजना संक्रमित महिलाले टीका लगाइदिनुभएको हो  ।

कोभिड संक्रमितको उपचार तथा सुरक्षामा खटिएका ११ जना सुरक्षाकर्मी र ४ जना स्वास्थ्यकर्मीहरुलाई उपप्रमुख लक्ष्मी गौतमले टीका लगाइदिनुभयो । त्यसपछि उपप्रमुख कै सक्रियतामा आईशोलेशन भित्र नै भाईटीका लगाउने काम भयो । टीका, माला, सेलरोटी, फलफूल लगायतका खानेकुरा लिएर उपप्रमुख गौतम आइसोलेसन पुग्नुभएको थियो ।

संक्रमितहरुले बर्षदिनको चाडवाडमा आइसोलेसनमा रहदाँ पनि टीका लगाउने अवसर मिलाईदिनुभएकोमा उपमेयर गौतमलाई धन्यवाद ज्ञापन गरेका छन् । चाडवाडमा समेत सेवामै खटिरहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुलाई टीका लगाइदिदा उहाँहरुले आँखाभरि आँशु पारेर हर्ष ब्यक्त गरेको उपमेयर गौतमले वताउनुभयो । बर्षदिनको चाडवाडका वेला  संक्रमित भएर घर परिवार भन्दा टाढा वस्दै उहाँहरुको स्वास्थ्य र सुरक्षाका लागि चाडपर्व पनि नभनि खटने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई चाडवाडको अनुभूति दिलाउन टीका लगाएको उपमेयर गौतमले वताउनुभयो । दशैका वेला पनि इटहरी आइसोलेसनमा सामुहिक टिका लगाइएको थियो ।