नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

मुम्बई इण्डिया बन्यो आईपिएलको पाचौं पटकको विजेता

ओखलढुङ्गान्युज, कातिक २६, २०७७ । काठमाण्डौं । जारि आईपिएलको उपाधि मुम्बई ईण्डियन्सले जितेको छ । मुम्बई ईण्डियन्सले मंगबार राति सम्पन्न भएको जारि इन्डियन प्रिमियर लिग (आइपीएल) टी२० क्रिकेटको १३औं संस्करणको फाईनलमा उपाधि जितेको हो ।

मुम्बई इन्डियन्स आईपिएलको साविक विजेता हो । युएईको दबुई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले लगातार दोस्रो तथा समग्रमा पाँचौ पटक उपाधि जितेको हो । सन् २०१० मा पहिलो पटक फाइनल पुग्दा पराजित भएको मुम्बईले त्यसयता निरन्तर उपाधि जितेको छ ।

उता पहिलो पटक फाइनल पुगेको दिल्ली भने ईतिहास रच्नबाट चुकेको छ । फाईनलमा हार व्यहोरेसँगै दिल्ली क्यापिटल्स उपविजेतामै चित्त बुझाउन बाध्य भयो । टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५६ रन बनाएको थियो । दिल्लीले दिएको १५७ रनको लक्ष्य १८.४ ओभरमा ५ विकेट गुमाएर मुम्बईले पूरा गरेको थियो ।