नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

मुम्बई इण्डियन्स आईपीएलको फाईनलमा

ओखलढुङ्गान्युज, कातिक २१, २०७७ । काठमाण्डौं । मुम्बई ईण्डियन्स क्रिकेट टिम जारी इण्डियन प्रिमियर लिग (आइपिएल) को फाईनलमा पुगेको छ । जारी आईपीएल क्रिकेट अन्तर्गत विहिबार भएको खेलमा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई इण्डियन्स फाइनलमा पुगेको हो ।

मंगलबार राति भएको खेलमा मुम्बईले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको दिल्ली क्यापिटल्सले २० ओभरमा ८ विकेट गुमाउदै १४३ रन मात्र  बनाएको थियो । प्रतियेगितामा २ सय १ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले निकै खराब शुरुवात गरेको थियो । दिल्लीले आफ्ना शुरुका ३ विकेट शुन्य रनमा गुमाएको थियो ।

यो जितपछि मुम्बई इण्डियन्स आइपिएलको फाइनलमा पुगेको छ । मुम्बईसँग पराजित भएको दिल्लीले भने दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ। दिल्लीले दोस्रो क्वालिफायरमा इलिमिनेटर खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदरावादबीचको विजेतासँग खेल्ने छ।  इलिमिनेटर खेल भने शुक्रबार आज हुदै छ।