नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

चिसो बढ्यो, साबधान रहनुस

ओखलढुङ्गान्युज, कात्तिक २१, २०७७ काठमाण्डौं कात्तिक महिनाको तेश्रो साता लाग्दै गर्दा देशैभर चिसो मौसम बढ्न थालेको छ । काठमाण्डौंमा आज (शुक्रबार) यो वर्ष जाडो सुरु भएपछि अहिलेसम्मकै कम तापक्रम मापन गरिएको जनाईएको छ । शुक्रबार विहान काठमाण्डौको न्यूनतम तापक्रम १० दशमलव ४ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार क्रमशः अब देशभर चिसो बढ्दै जानेछ । बिहानपख हुस्सु लाग्ने, सितझर्नेक्रम पनि बढ्दै जानेछ । यो सिजन गर्मीवाट जाडो लाग्ने समय भएकोले गर्दा मौसमी रुघा, खोकी, ज्वरोले मानिसहरुलाई सताउने गर्छ । अझ शारीरिक रुपमा कमजोर मानिसहरुलाई यो सिजन थप समस्याले सताउने समेत गर्छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस संक्रमणका कारण मानिसलाई थप समस्याग्रस्त बनाउन सक्छ । कोरोना संक्रमण फैलन चिसो मौसमले थप सहयोग गर्दछ । त्यसैले चिसो मौसममा थप सजगता अपनाउन तथा स्वास्थ्य सरसफाईमा ध्यान दिन स्वास्थ्य विज्ञहरुले आग्रह गरेका छन् । चिसो मौसमलाई ध्यान दिदै आफ्नो लुवाई, खुवाई, आनीवानी तथा सरसफाईलाई विशेष ध्यान दिए चिसोका कारण हुनसक्ने विभिन्न समस्या सगै कोरोना भाईरस लाग्नवाट समेत जोगिन सकिन्छ ।