नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

दशैको मुखैमा चिशंखुगढीमा शिक्षकको व्यापक सरुवा, को कहाँ सरुवा ?

ओखलढुङ्गान्युज, कात्तिक ४, २०७७ । चिशंखुगढी । हिन्दुहरुको महान् चाड बडा दशैं घरघरमा भित्रदै गर्दा ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिकाले शिक्षकको व्यापक रुपमा सरुवा गरेको छ । शैक्षिक गुणस्तर सुधारका लागि भन्दै गाउँपालिकाले आफ्नै क्षेत्र भित्र पर्ने एक विद्यालयवाट अर्को विद्यालयमा शिक्षकको सरुवा गरेको हो । गाउँ शिक्षा समितिले एकैपटक ४३ जना शिक्षकको सरुवा गरेको छ ।

राजनितीक पहुँचको आधारमा शिक्षकले विद्यालयमा नै उपस्थित नभई तलब खाई रहने प्रचलनवाट चिशंखुगढी पनि अछुतो छैन । लामो समयदेखी विद्यालयहरुमा शिक्षक दरवन्दि मिलान नहुदा माथिल्लो कक्षा सञ्चालन भैरहेका विद्यालयहरुमा समेत समस्या सृजना भै रहेको छ । जसले सामुदायीक विद्यालयका विद्यार्थीको शैक्षिक गुणस्तरमा ह«ास पैदा भैरहेको नागरिकहरुले पटक पटक गुनासो गर्दै आएका छन् ।

गाउँपालिकाको शैक्षिक क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्दै बेथितीलाई नियन्त्रण गर्ने उद्देश्यले शिक्षकहरुको समायोजन, व्यबस्थापन तथा आन्तरिक सरुवा गरेको गाउँ शिक्षा समितिले जनाएको छ । कोरोनाको महामारी तथा दशैको मुखैमा गाउँ शिक्षा समितिले सरुवा गरेको भन्दै कतिपय शिक्षकहरुले विरोध जनाएका छन् । तर दशै तथा कोरोनाको कारण देखाउदै विरोध जनाउनु शिक्षकहरुको बहानाबाजी मात्रै भएको चिशंखुगढी गाँउपालिकाका अध्यक्ष निशान्त शर्माले बताउनुभयो ।

गाउँपालिकाका कतिपय विद्यालयमा विषय शिक्षक छैनन् । कुनैकुनै एउटै विद्यालयमा एकै विषयका दुईभन्दा बढि शिक्षक समेत रहेका छन् । जसले विद्यालय तथा शैक्षिक क्षेत्रमा समस्या भैरहेका छन् । उक्त समस्यालाई समाधान गर्नका लागि दशै पछाडीवाट लागू हुनेगरि सरुवा तथा समायोजन गरिएको गाउँपालिका अध्यक्ष शर्माको भनाई छ । गाउँपालिकाका निर्णयमाथि अवमूल्यन गर्नु भनेको गाउँका गरिबका नानीहरुको भविष्यमा खेलवाड गर्नु भएकोले शिक्षा समतिको निर्णयमा सबैले साथ दिन अनुरोध गर्दै निर्णय जसरी पनि कार्यान्वयन हुने अध्यक्ष शर्माको भनाई छ ।

लामो सयमदेखी सामुदायीक विद्यालयहरुको शैक्षिक गुणस्तरमा ह«ास आएको भएपनि गरिबको बच्चाको भविष्यका बारेमा बेवास्ता गरेको भन्दै सामुदायीक विद्यालयका शिक्षक तथा निर्वाचित जनप्रतिनिधीलाई पनि आरोप आउने गरेको छ । जिल्लाका स्थानीय तहहरुले शिक्षकको व्यबस्थापन गरि गुणस्तरमा सुधार गर्ने प्रतिबद्धता जनाएपनि शिक्षा ऐनलाई देखाउदै त्यसो गर्न नसकेको बताई रहेका छन् ।

पछिल्लो समय ओखलढुङ्गाका ८ ओटा स्थानीय तह मध्ये अधिकांशले आफ्नै शिक्षा ऐन बनाएर लागू गरेका छन् । स्थानीय शिक्षा ऐन बनाएर लागू गरेपछि शिक्षा क्षेत्रको समस्या समाधानका लागि भन्दै शिक्षकको व्यापक रुपमा सरुवा गर्ने चिशंखुगढी गाउँपालिका पहिलो हो । चिशंखुगढीले ४३ जना शिक्षकहरुको आन्तरिक सरुवा गरेको छ ।

को कहाँ सरुवा भए ?