नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

आईतवार प्रदेश १ मा थपिए ४ सय ७४ कोरोना संक्रमित

ओखलढुङ्गान्युज, कात्तिक , २०७७ विराटनगर आईतबार प्रदेश नं. १ मा ४ सय ७४ जना कोरोना संक्रमित थपिए छन् । आईतवार पछिल्लो २४ घण्टामा प्रदेश नं. १ मा उक्त संख्यामा कोरोनाका संक्रमितको पुष्टि भएको प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आईतबार थपिएका कोरोना संक्रमितहरुमा मोरङ्गमा २६५, सुनसरीमा ९३, झापामा ५६, उदयपुरमा २९, इलाममा ७, संखुवासभामा ५, भोजपुरमा २, धनकुटा, ते¥हथुम, पाँचथर र ओखलढुङ्गामा १–१ तथा प्रदेश १ बाहिरका १३ जना संक्रमित थपिएको सामाजिक विकास मनत्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा मात्रै आईतबार १५४ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामा ५० महिला र १०४ पुरुष छन् । ओखलढुङ्गामा आईतवार थपिएका कोरोना संक्रमित मानेभञ्ज्याङ्ग गाउँपालिकाका रहेका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमित हुनेको संख्या १३ हजार ६ सय ५६ पुगेको छ ।

प्रदेश १ मा आईतबार १५ जना डिस्चार्ज भएका छन् । आईतबार कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ७, मेची अस्पतालबाट ७ र होम आईसोलेसनबाट १ जना डिस्चार्ज भएका हुन् । हालसम्म प्रदेश नं. १ वाट कोरोना संक्रमित मध्ये डिस्चार्ज हुनेको संख्या ५ हजार ५ सय ७५ पुगेको छ ।

प्रदेश १ मा आईतबार पछिल्लो २४ घण्टामा १ हजार ४ सय ६८ जनाको पीसीआर परीक्षण गरिएको थियो । परीक्षण गरिएका मध्ये १४९ महिला र ३२५ जना पुरुषको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । आईतवारसम्म १ लाख ४६ हजार ८५० जनाको पीसीआर परीक्षण गरिएको प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।