नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

उदयपुरमा स्कारपियो दुर्घटना, ओखलढुङ्गाका २ सहित ५ को मृत्यु

ओखलढुङ्गान्युज, कात्तिक , २०७७ ओखलढुङ्गा उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. १४ को भदौरे भन्ने स्थानमा गएराती स्कारपियो दुर्घटना भएको छ । दुर्घटनामा परि ओखलढुङ्गाका २ सहित ५ जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

भैरहवावाट ओखलढुङ्गा तर्फ आउदै गरेको बा २० च ७१७१ नम्बरको स्कारपियो गाडी सिद्धिचरण लोकमार्गको उक्त स्थानमा गएराती १ बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनामा परि मृत्यु भएका ओखलढुङ्गाका २ जनाको पहिचान खुलेको छ । मृत्यु हुनेहरुमा ओखलढुङ्गाको मानेभञ्ज्याङ गाँउपालिका वडा नं. ९ माधवपुरका ४५ बर्षिय राम बहादुर सार्की र सोही ठाँउकै २६ बर्षिय कर्मे सार्की रहेका छन् । टाढाबाट गाडी रिजर्भ गरेर गाउँ आएको हुनाले पहिचान हुन नसकेका मृतकहरु पनि ओखलढुङ्गा कै हुन सक्ने आशंका गरिएको छ ।

दुर्घटनामा गाडीमा सवार अन्य तीन जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा ओखलढुङ्गाको मानेभञ्याङ गाउँपालिका वडा नं. ९ माधवपुरकी २८ वर्षीय कुमारी सार्की, सोहि स्थान कै वर्ष २२ की कल्पना सार्की र रुपन्देही जिल्ला त्रिगम्वा नगरपालिका वडा नं. ४ का चालक २८ वर्षीय पनव खड्का गम्भीर घाइते भएका छन् । उनीहरुलाई उद्धार गरि थप उपचारका लागि विराटनगर पठाइएको छ ।

रातको समयमा तिब्र गतिमा रहेको गाडीको ब्रेक फेल भएर स्कोरपिओ दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । गाडी सडकबाट करिब एक किलोमिटर मिटर तल खसेको छ । यद्यपी घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।