नेपाली समय Loading...२०८२ बैशाख ८ सोमबार

पानीमा डुबेर ओखलढुङ्गामा एक बालकको ज्यान गयो

                              मृतक बालक

ओखलढुङ्गान्युज, असोज २९, २०७७ मोलुङ ओखलढुङ्गामा घर नजिकै राखिएको पानीको ड्रममा डुबेर एक नावालकको ज्यान गएको छ । जिल्लाको मोलुङ गाउँपालिका वडा नं. १ कुन्तादेवीका लेखनाथ धमलाका २० महिनाका नावालक कान्छा छोराको पानीमा डुबेर ज्यान गएको हो ।

बच्चा खेल्ने क्रममा घरको आगनको बाख्राको थलो नजिकै रहेको करिब २५/३० लिटर अड्ने प्लाष्टिकको ड्रममा डुबेका थिए । ड्रममा डुबेको थाहा पाउना साथ वालकलाई निकालेर उपचारका लागि सामुदायीक अस्पताल सोबु्र ल्याईएको थियो । सामुदायीक अस्पतालका डाक्टर तथा स्वास्थ्यकर्मीहरुको लामो मेहनत समेत काम नलागी बच्चाको मृत्यु भएको हो ।

ड्रममा डुबेका बच्चाले पानी धेरै निलेको र निसास्सीएको कारण बच्चालाई बचाउन नसकिएको उपचारमा खटिएका सामुदायीक अस्पतालका स्वास्थ्यकर्मीहरुले बताएका छन् । बच्चा निसास्सिएको कारण घरैमा बच्चाको ज्यान गईसकेको हुनसक्ने स्वास्थ्यकर्मीहरुको भनाई छ । अस्पतालमा ल्याईपु¥याएपछि अन्तिम पटक प्रयास गर्दा पनि बच्चालाई बचाउन नसकिएको स्वास्थ्यकर्मीहरुको भनाई छ ।

मृतक नाबालकका बाबु लेखनाथ धमला जिल्लाको चिशंखुगढी गाउँपालिकामा प्राबिधीक सहायकको पदमा कार्यरत छन् । मृतक नाबालक धमलाका कान्छा सन्तान हुन् । धमलाकी श्रीमती परिवारसँग नै कुन्तादेवीमा नै रहेका थिए ।