नेपाली समय Loading...२०८२ बैशाख ८ सोमबार

कालोपत्रेको काम समयमा नै सक्न सांसद सुनुवारको निर्देशन

ओखलढुङ्गान्युज, असोज २८, २०७७ ओखलढुङ्गा सडकमा गुणस्तरहिन कालोपत्रे गरेको नागरिकले गुनासो गरेपछि बुधबार ओखलढुङ्गा रुम्जाटार सडकको अनुगमन गरिएको छ । अनगमन पश्चात संघिय माननिय यज्ञराज सुनुवारले कालोपत्रेको काम समयमा नै सक्न कडा निर्देशन दिनुभएको छ । निर्माणाधिन सडकको काम नसकिदै कालोपत्रे भत्कन थालेपछि नागरिकको गुनासोको आधारमा बुधवार अनुगमन गरिएको हो ।

अनुगमन पश्चात अनुगमन समितिका संयोजक समेत रहनु भएका सांसद सुनुवारले सडक खण्डमा पर्ने पहिरो व्यवस्थापन गर्न र कालोपत्रे गर्न बाकी क्षेत्रमा गुणस्तरीय काम गर्न निर्देशन दिनुभएको हो । सांसद सुनुवारले सडकको विग्रिएको स्थानको मर्मत गरि बाकी काम सम्झौता अवधि भित्रै सक्नेगरि काम गर्न निर्माण व्यबसायीलाई निर्देशन दिनुभएको हो । त्यसका लागि आवश्यक समन्वय गर्न सडक निर्माण आयोजना प्रमुखलाई समेत सांसद सुनुवारले निर्देशन दिनुभएको छ ।

अनुगमनका क्रममा प्रदेश नं. १ अर्थ समितिका सभापति माननिय मोहन कुमार खड्काले सडक योजना निर्माण सम्पन्न गर्नका लागि तत्काल कार्ययोजना बुझाउन निर्माण व्यबसायीलाई निर्देशन दिनुभयो । अनुगमनको क्रममा देखिएका समस्याग्रस्त स्थानको पहिचान गरेर आवश्यक के के काम गर्नुपर्ने हो, सो को आधारमा कार्यालयले निर्माण व्यबसायीलाई तत्काल सुधार गर्न लगाउन आयोजना कार्यालयलाई पनि निर्देशन दिनुभयो । निर्माण सम्पन्न भएपछि पश्चाताप गर्नुभन्दा पहिला नै काम हुदै गर्दा सम्बन्धित कार्यालयले समेत नियमीत अनुगमन गर्नुपर्ने खड्काको भनाई छ ।

अनुगमनको क्रममा ओखलढुङ्गा देखि रुम्जाटार सम्मको करीब साढे ११ किलोमिटर सडकको आधा भन्दा बढि भागमा सडक अस्तव्यस्त भएको पाईएको थियो । भर्खरै बनाईएको सडकमा बिछ्याइएको डीबीएसटी कालोपत्रे उप्किएर अधिकांश ठाउँमा खाल्डा परेको छ । सडकको भित्ता र छेउमा लगाईएका कतिपय वालहरु समेत भत्किएका छन् ।

अनुगमनको क्रममा ठेकेदार कम्पनीका प्रतिनिधीले सुरुमा मुआब्जाको विवाद र पछि प्रतिकुल मौसमका कारण समयमा नै काम सक्न समस्या भएको बताएका थिए । सडकमा बिछ्याइएको डीबीएसटी कालोपत्रे उप्किएको विषयमा भने कार्यालयका ईञ्जिनियरहरुले भूगोल र मौसम प्रतिकूलको स्टामेट तयार गरेका कारण उक्त समस्या सृजना भएको बताएका थिए । सडकको बाकी काम आफूले समयमा नै सकाएर हस्तान्तरण गरेपनि गलत स्टामेटका कारण स्टामेट परिवर्तन नगरेसम्म सडकको समस्या स्थायी रुपमा हल हुन नसक्ने निर्माण कम्पनीका प्रतिनिधीको भनाई थियो ।

अनुगमनका क्रममा गुणस्तरहिन काम भएको भन्ने स्थानीयको गुनासो समेत पाएपछि निर्माण व्यवसायीलाई मापदण्ड अनुसार काम लगाउन सम्बन्धित कार्यालयलाई निर्देशन दिईएको छ । यदि राम्रो काम नगरे कानुनी कारबाही अघि बढाउन आयोजना प्रमुखलाई निर्देशन दिईएको छ । अनुगमनमा गएको टोलीले आयोजना प्रमुख रिता लम्साल र निर्माण व्यवसायीलाई सँगै राखेर गुणस्तरमा सम्झौता नगर्न र आवश्यक परेमा कानुनी प्रकृयामा जान सुझाव दिएको छ ।

१८ महिनामै सक्नेगरी २०७४ सालमा थालिएको सडक निर्माणको काम समयमा नै सम्पन्न नगर्दा २०७६ सालमा नै जरिवाना तिरेको थियो । तर पछिल्लो समय विभिन्न बाधा अबरोध भएपछि निर्माण कम्पनीले अन्तिम पटक भन्दै २०७७ मंशिर २२ सम्मका लागि थप समय पाएको छ । यो सडकको केही अफ्ठ्यारा भागमा अझैपनि कालोपत्रे गरिएको छैन । एशियाली विकास बैंक र स्वीस सरकारको सहयोगमा २० करोड ६८ लाख लागतमा आपतकालीन भूकम्पीय सहयोग परियोजना अन्तर्गत यो सडक निर्माण भएको हो । यो अबधीमा समेत निर्माण कार्य सम्पन्न नगरे ठेकेदार कम्पनीलाई कालो सूचिमा राख्ने तर्फ प्रकृया अगाडी बढाईने आयोजना प्रमुख रिता लम्सालले बताउनुभयो ।

बनाइ नसक्दै सडक भत्किएको भनेर चौतर्फि आलोचना सुरु भएको उक्त आयोजनाको सरोकारवालाहरुले बुधबार स्थलगत अनुगमन गरेका हुन् । अनुगमनमा प्रतिनिधिसभाका सांसद यज्ञराज सुनुवारको नेतृत्वमा, प्रदेश १ का अर्थ समिति सभापति मोहन कुमार खड्का हिमशिखर, सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेल सहितको टोली पुगेका थिए ।

अनुगमन पछिको निर्णय ः