नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

सांसद सुनुवारले गरे ओखलढुङ्गा–रामपुर–लप्से कालोपत्रे सडकको अनुगमन

ओखलढुङ्गान्युज, असोज २६, २०७७ ओखलढुङ्गा संघिय प्रतिनिधी सभाका माननिय सांसद यज्ञराज सुनुवारले ओखलढुङ्गा–रामपुर–लप्से कालोपत्रे सडकको अनुगमन गर्नुभएको छ । सांसद सुनुवार लगायतको जिल्लाको टिमले आईतवार निर्माणाधिन अबस्थामा रहेको उक्त सडक खण्डको अनुगमन गर्नुभएको हो ।

सासंद सुनुवारसँगै अनुगमनमा जिल्ला समन्वय समितिका सभापति जय बहादुर श्रेष्ठ, सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठ, मोलुङ गाउँपालिकाका प्रमुख मणिराज राई लगायतको सहभागिता रहेको थियो । शुक्रबारवाट सुरु भएको उक्त सडक खण्डको सदरमुकाम क्षेत्रवाट पिचको काम सुरुवात भएको छ ।

काम सुरुवात भएको १८ महिनामा काम सक्ने गरि २०७५ असार २७ गते सम्झौता भएर साउन १४, २०७५ बाट उक्त सडक खण्डमा पिचको लागि पूर्वाधार निर्माणको काम सुरुवात भएको थियो । सम्झौता गरेको १८ महिनाको अबधीमा केही प्राबिधिक समस्या देखाउदै म्याद थपेर काम गरिरहेको ठेकेदार कम्पनीले कोरोना भाईरसको संक्रमणको त्रासमा देशमा लकडाउन भएसँगै काम रोकेको थियो । केही समय काम रोकेपनि लकडाउनकै बिचमा पुन कामको थालनी गरेको थियो ।

अनुगमनका क्रममा ठेकेदार कम्पनीका प्रतिनिधीले यो दशै अगावै उक्त सडक खण्डको ४ किलोमिटर सडकमा पिचको काम सक्ने बताएको छ । बाकी काम भने दशै लगत्तै सुरुवात गरेर आगामी पुष माघ महिना सम्ममा भने पिचको काम सकिसक्ने बताएको छ ।

पिचको काम सुरुवात गरेपनि उक्त सडक खण्डको धेरै ठाँउमा सवारी साधन आवागमनमा समस्या भने जारी रहेको छ । सवारी साधन आवागमनमा समस्या भएपछि पिच सुरुवात भएको क्षेत्र मात्र नभएर अन्य क्षेत्रमा समेत अनुगमन गरि आवश्यक निर्देशन दिन नागरिकहरुले आग्रह गरेका छन् । केही स्थानमा भने सामान्य पानी पर्दापनि आवागमनमा कठिनाई हुने गरेको छ । ।