नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

शनिबार थपिए कोरोनाका ५ हजार ८ संक्रमित

ओखलढुङ्गान्युज, असोज २४, २०७७ । काठमाण्डौं । शनिबार नेपालमा अहिलेसम्मकै बढि कोरोना भाइरसका संक्रमित थपिएका छन् । शनिबार पछिल्लो २४ घण्टामा ुनेपालमा ५ हजार ८ जना कोरोना भाइरसका संक्रमित थपिएका हुन् ।

शनिबार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १९ हजार ३ सय २० जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना भाइरसका कुल संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

संक्रमित भएका मध्ये शनिबारसम्म ६ सय १४ जनाको मृत्यु भएको छ । शनिबार पछिल्लो २४ घण्टामा १ हजार २ सय २९ जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन् । यो संगै कोरोना भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या पनि ७४ हजार २ सय ५२ पुगेको छ । शनिबार देशभर ३० हजार ८ सय १८ जना सक्रिय संक्रमित रहेका छन्