नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

बुधबार थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित

ओखलढुङ्गान्युज, असोज २१, २०७७ । काठमाण्डौं । बुधबार नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित थपिएका छन् । बुधबार पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यो संख्या अहिलेसम्मकै धेरै हो ।

बुधबार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १४ हजार २ सय ९ जनाको नमुना परीक्षण गर्दा १ हजार २ सय ६१ महिला र २ हजार १ सय ७८ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना भाइरस संक्रमित हुनेको संख्या ९४ हजार २ सय ५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

बुधबार थपिए सँगै देशभर कोरोना भाइरसका संक्रिय संक्रमितको संख्या २५ हजार ७ जना पुगेको छ । ती मध्ये १४ हजार ४ सय ११ होम आइशोलेसन तथा र १० हजार ५ सय ९६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । उनीहरुमध्ये २ सय ३३ जनाको आईसीयू र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।

कोरोना भाइरसका संक्रमित मध्ये बुधबार थप १५ जनाको ज्यान गएसगै मृतकको संख्या पनि ५ सय ७८ पुगेको छ । बुधबार १ हजार १ सय २६ जना कोरोना भाइरसका संक्रमित निको भएर डिस्चार्ज भएका छन् । बुधबार सम्म देशभर ६८ हजार ६ सय ६८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।