नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

दिल्ली क्यापिटल्स जारी आईपीएलको शीर्ष स्थानमा

ओखलढुङ्गान्युज, असोज २०, २०७७ काठमाण्डौं बैङ्गलोरलाई पराजित गर्दै यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्या स्थानमा दिल्ली क्यापिटल्स पुगेको छ । शोमबार राति भएको प्रतियोगितामा दिल्लीले रोयल च्यालेन्जर्स बेङ्गलोरलाई ५९ रनले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो । तर दिल्लीले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको बेङ्गलोरले २० ओभरमा ९ विकेट गुमाएर जम्मा १ सय ३७ रन मात्र बनाउदै हार स्वीकार गर्यो ।

शोमबार राती भएको खेलको जितसँगै शीर्ष स्थानमा उक्लिएको दिल्लीले ५ खेलमा ८ अंक जोडेको छ । बेङ्गलोरले भने ५ खेलमा ६ अंक जोडेको छ ।