नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

शोमबार थपिए कोरोनाका २४ सय ४० संक्रमित, २१ को मृत्यु

ओखलढुङ्गान्युज, असोज २०, २०७७ काठमाण्डौं आईतबार देशमा २ हजार ४ सय ४० जना कोरोना भाईरसका संक्रमित थपिएका छन् । शोमबार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १३ हजार ७ सय ८१ नमुना परीक्षण गर्दा ९ सय ३७ महिला र १ हजार ५ सय ३ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आईतवार थपिएसँगै नेपालमा कोरोना भाईरसका कूल संक्रमितको संख्या ८९ हजार २ सय ६३ पुगेको छ । उनीहरुमध्ये ५ सय ५४ जनाको मृत्यु भएको छ । शोमबार पछिल्लो २४ घण्टामा मात्रै २१ जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

शोमबार पछिल्लो २४ घण्टामा देशभरबाट कोरोना भाईरसका १ हजार १ सय ३३ जना संक्रमित निको भएका छन् । योसँगै आईतवारसम्म नेपालमा कुल संक्रमित मध्ये निको भएर डिस्चार्ज हुनेको संख्या पनि ६५ हजार २ सय २ जना पुगेको छ ।

त्यस्तै शोमबार संक्रिय संक्रमितको संख्या २३ हजार ५ सय ७ जना पुगेको छ । सक्रिय संक्रमित मध्ये १२ हजार ३ सय १६ होमआइृशोलेशन तथा ११ हजार १ सय ९१ जना संस्थागत आइसोलेसनमा रहेकर उपचार गराईरहेको छन् । उनीहरुमध्ये २ सय ४४ जनाको आईसीयू र ४३ जनाको भेल्टिलेटरमा उपचार भइरहेको मन्त्रालयका प्रबक्ता डा. गौतमले जानकारी दिनुभयो ।

मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार शोमबार मात्रै काठमाडौं उपत्यकाका १ हजार ५ सय ३१ संक्रमित थपिएका छन् । शोमबार थपिएका मध्ये काठमाडौंका १ हजार १ सय ७८, ललितपुरका २ सय ५० र भक्तपुरका १ सय ३ जना रहेका छन् । शोमबार नै ओखलढुङ्गाका ३ जनामा समेत कोरोना संक्रमण भएको पुष्टि भएको छ । उनीहरु सबै लिखु गाउँपालिकाका हुन् ।