नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

शोमबार ओखलढुङ्गामा थपिए कोरोनाका ३ संक्रमित

ओखलढुङ्गान्युज, असोज १९, २०७७ । ओखलढुङ्गा । ओखलढुङ्गा जिल्लामा शोमबार कोरोना भाइरसका ३ जना संक्रमितहरु थपिएका छन् । शोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार भेटघाट कार्यक्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो जानकारी दिनुभएको हो ।

शोमबार कोरोना पुष्टि भएकाहरू तिनैजना ओखलढुङ्गावाट स्वाब परीक्षणका लागि पठाईएका ब्यक्ति भने होइनन् । उनीहरू विभिन्न कामको शिलशिलामा जिल्ला बाहिर रहेका र अन्य जिल्लाबाट नै स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले बताउनुभयो ।

विभिन्न बाहिरी जिल्लाबाट तथा बाहिरी देशबाट आएर क्वारेन्टाइन तथा होल्डिङ सेन्टरमा रहेका २२ जनाको स्वाब परीक्षणका लागि पठाईएको पनि जिल्ला स्वास्थ्य प्रमुख तिवारीले जानकारी दिनुभयो । उनीहरुको स्वाबलाई शुक्रबार धुलिखेल अस्पतालमा पठाईएको भएपनि शोमबार बेलुकी सम्म रिपोर्ट आइनसकेको पनि तिवारीले जानकारी दिनुभयो ।