नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

आईतवार थपिए कोरोनाका साढे २२ सय संक्रमित

ओखलढुङ्गान्युज, असोज १८, २०७७ काठमाण्डौं आईतबार देशमा कोरोना भाईरसका साढे २२ सय अर्थात २ हजार २ सय ५३ जना कोरोना भाईरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा यत्रो संख्यामा कोरोना भाईरसका संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार ७ सय ८४ नमुना परीक्षणमा ८ सय ३० महिला र १ हजार ४ सय २३ पुरुषमा संक्रमण पुष्टि भएको हो । आईतवार सम्म कोरोना भाईरस संक्रमित मध्ये ५ सय ३५ जनाको मृत्यु भएको छ ।

आईतबार थपिएसँगै नेपालमा कोरोना भाईरस संक्रमितको संख्या ८६ हजार ८ सय २३ पुगेको छ । आईतवार नै १ हजार ३ सय २९ जना कोरोना भाईरस संक्रमित निको भएर डिस्चार्ज भएका छन् । योसँगै कोरोना भाईरस संक्रमणवाट निको हुनेको संख्या पनि ६४ हजार ६९ पुगेको छ ।

हाल देशभरमा २२ हजार २ सय १९ संक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये ११ हजार ८ सय ९३ जना होम आईशोलेसन र १० हजार ३ सय २६ संस्थागत आइसोलेसनमा रहेका छन् । उनीहरुमध्ये २ सय २६ जनाको आईसीयू र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।