नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

ओखलढुङ्गामा एकव्यक्तिमा तेश्रो पटक पनि कोरोना पोजेटिभ

ओखलढुङ्गान्युज, असोज १४ , २०७७ ओखलढुङ्गा ओखलढुङ्गाका एक कोरोना संक्रमितमा तेश्रो पटक गरिएको कोरोना संक्रमण परीक्षणमा पनि रिपोर्ट पोजेटिभ आएको छ । ओखलढुङ्गाका पत्रकार तथा सामुदायीक वन उपभोक्ता महासंघ ओखलढुङ्गा शाखाका अध्यक्ष दीर्घ खत्रीको तेश्रो पटक गरिएको कोरोना परीक्षणमा पनि रिपोर्ट पोजेटिभ आएको हो ।

ओखलढुङ्गामा गत भदौ २४ गते जिल्ला समन्वय समिति ओखलढुङ्गाका प्रमुख जय बहादुर श्रेष्ठ र नेपाली कांग्रेसका जिल्ला पार्टी सभापति प्रदिप कुमार सुनुवार लगायत ९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उहाँहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्रयाक्ट ट्रेसिङमा परेका खत्रीको स्वाब परीक्षणका क्रममा भदौ २८ गते पहिलो पटक कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।

भदौ २८ गते थपिएका १८ जना मध्ये खत्री पनि एक हुन् । खत्री लगायतक ६० जना भन्दा बढिको असोज ८ गते आएको दोश्रो पटकको कारोना परीक्षण रिपोर्टमा आईशोलेसनमा रहेका ३० मध्ये खत्रीका परिवारका वाहेक २६ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । उनको परिवारको भने दोश्रो पटक कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

त्यसैगरि पुन आईशोलेसनमा रहेका खत्रीका परिवार सहित १० जना र अन्य ३२ गरि ४२ जनाको स्वाब परीक्षणका लागि पठाईएकोमा मंगलबार आएको रिपोर्टमा खत्रीको भने पोजेटिभ आएको छ । उनका परिवारका अन्य सदस्यहरु भने रिपोर्ट नेगेटिभ आएपछि मंगलबार नै घर फर्किएका छन् । तेश्रो पटक रिपोर्ट पोजेटिभ नै आएपनि आफुमा कुनैपनि स्वास्थ्य समस्या नरहेको खत्रीले बताएका छन् ।