नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

एकै व्यक्ति दुई सहकारीको सदस्य रहिरहे २ लाख सम्म जरिवाना हुने

ओखलढुङ्गान्युज, असोज १४, २०७७ । काठमाण्डौं । अबदेखी नेपालका कुनै पनि नागरिक दुई वा दुई भन्दा बढि सहकारीको सदस्य बन्न नपाउने भएका छन् । यो नियम आउदो कात्तिक १ देखी लागू हुनेछ । सहकारी विभागले सहकारी ऐन, २०७४ मा भएको व्यवस्थाअनुसार नियमलाई कात्तिक १ गतेदेखि कार्यान्वयन गर्न लागेको हो ।

सहकारी विभागले जारी गरेको सूचना जारी गर्दै सहकारी ऐन, २०७४ मिति २०७४ कात्तिक १ गतेदेखि जारी भएकाले यही असोज मसान्तमा तीन वर्ष पूरा हुने हुँदा पुराना सदस्यहरु पनि दोहोरो सदस्य बस्न नपाउने जनाएको छ । सहकारी ऐन, २०७४ को दफा ३२ को उपदफा १ (क) मा कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एकभन्दा बढी संस्थाको सदस्य बन्न नपाउने व्यवस्था रहेको छ ।

सहकारी विभागका अनुसार हाल देशभरका सहकारी सदस्यको विवरण सफ्टवेयर मार्फत अद्यावधिक भइरहेको छ । सफ्टवेयरमा सदस्यता अपडेटको काम पुरा भएसँगै सबै सदस्यलाई स्वघोषणा गर्न लगाउने विभागले जनाएको छ । सहकारीको निर्देशन अटेर गरेमा सहकारी कानून परिपालन नगर्दा हुने कानूनी सजाय अन्तरगत रु २ लाखसम्म जरिवाना हुने व्यवस्था रहेको विभागले जनाएको छ । विभागको तथ्यांक अनुसार हाल देशमा ६५ लाख भन्दा बढि सहकारीका सदस्यहरु रहेका छन् ।