नेपाली समय Loading...२०८१ बैशाख ११ मंगलवार

शोमबार राष्ट्रपतिवाट ३ अध्यादेश जारी

एसिड प्रहार गर्नेलाई २० वर्षसम्मको कैद

ओखलढुङ्गान्युज, असोज १२, २०७७ । काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शोमबार तिनओटा अध्यादेश जारी गर्नुभएको छ । नेपालको संविधान २०७२ को धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तीन अध्यादेश जारी गर्नुभएको हो । 

राष्ट्रपति कार्यालयका अनुसार शोमबार जारि भएको तिन अध्यादेशमा तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७७ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७७ रहेको छ ।

शोमबार जारि भएको तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७ मा पिडकलाई २० वर्षसम्मको कैदको व्यबस्था गरिएको छ । सरकारले एसिड आक्रमणका दोषीलाई कारबाही गर्न र पीडितको सम्पूर्ण उपचार, शिक्षा र जीविकाको प्रबन्ध गर्ने गरी कानुनी व्यवस्था गर्न अध्यादेश ल्याएको हो ।

एसिड छ्याप्ने दोषीलाई २० वर्ष सम्म जेल सजाय र पीडितलाई पीडकबाटै मनासिब क्षतिपूर्तिको कडा व्यवस्थासहित सरकारले अध्यादेश ल्याएको छ ।  मुलुकी अपराध संहितामा एसिड छ्याप्नेविरुद्ध कारबाहीको व्यवस्था रहे पनि अपर्याप्त भएको भन्दै संशोधनसहित कडा सजाय तोकेर नयाँ कानुन ल्याइएको हो ।