नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

विश्वमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० लाख नाघ्यो

ओखलढुङ्गान्युज, असोज १२, २०७७ काठमाण्डौं शोमबार विश्वमा कोरोना भाईरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० लाख नाघेको छ । शोमबार भएको कोभिड १९ सम्बन्धिको विश्व तथ्यांक अनुसार शोमबार सम्म विश्वमा १० लाख २ हजार ४ सय जनाको मृत्यु भएको छ ।

कोरोना भाईरसको बारेमा अपडेट दिँदै आएको वर्ल्डमिटरका अनुसार अहिलेसम्म ३ करोड ३३ लाख ११ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।  विश्वका कुल संक्रमित मध्ये शोमबारसम्म  २ करोड ४६ लाख ३९ हजारभन्दा धेरै सङ्क्रमणपछि निको भएका छन् । 

वल्र्डमिटरका अनुसार कोरोनाबाट सबैभन्दा बढी प्रभावित हुने देशमा अमेरिका रहेको छ । शोमबार सार्वजनिक तथ्यांक अनुसार अमेरिकामा शोमबारसम्म ७३ लाख २१ हजार ३ सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । संक्रमित भएका मध्ये २ लाख ९ हजार ४ सयभन्दा धेरैको मृत्यु भएको छ । अमेरिकामा संक्रमित भएका मध्ये ४५ लाख ६० हजार ४ सयभन्दा धेरै निको भएका छन् ।

विश्वमा अमेरिकापछि सबैभन्दा धेरै प्रभावित देश भारत बनेको छ । भारतमा शोमबारसम्म ६० लाख ७४ हजार ७ सयभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । भारतमा शोमबारसम्म ९५ हजार ५ सयभन्दा धेरैको ज्यान गएको छ । त्यस्तै त्यहाँ सङ्क्रमण पुष्टि भएकाहरुमध्ये ५० लाख १६ हजार ५ सयभन्दा धेरै निको भएका छन् ।

वर्ल्डमिटरका अनुसार अहिलेसम्म विश्वका दुई सय १३ देश र त्यसका क्षेत्रका साथै दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा कोरोनाको सङ्क्रमण देखिएको छ । पछिल्लो समयमा विश्वका केही विकसित देशहरुमा कोरोना भाईरसको संक्रमण दर कम बन्न थाले पनि अन्य देशहरुमा भने कोरोना भाईरस संक्रमित हुनेहरुको दर उच्च बनेको छ ।