नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

भर्‍याङबाट लडेर मोलुङमा एक बृद्धको मृत्यु

ओखलढुङ्गान्युज, असोज १२, २०७७ । ओखलढुङ्गा । आफ्नो घरको भर्‍याङबाट ओर्लने क्रममा लड्दा मोलुङ गाउँपालिकामा एक बृद्धको ज्यान गएको छ । भर्‍याङ ओर्लने क्रममा लडेेर मोलुङ गाउँपालिका वडा नं ७ पात्लेका ७३ बर्षिय वृद्ध पासाङ शेर्पाको मृत्यु भएको हो ।

आइतबार दिउसो ३ बजे तिर लडेर शेर्पाको मृत्यु भएको पात्लेका वडा अध्यक्ष हेम सुनुवारले जानकारी दिनुभयो । घटना भएको समयमा घरमा मृतकका श्रीमती र वुहारी मात्रै रहेका थिए । घटनाको बारेमा प्रहरीलाई ढिला जानकारी आएको प्रहरीले जनाएको छ ।

प्रहरीलाई ढिला जानकारी आएको र प्रहरी चौकीबाट घटनास्थल टाढा रहेकोले शोमबार विहान मात्रै प्रहरीको टोली घटनास्थल तर्फ लागेको छ । प्रहरी घटनास्थल पुगेपछि मात्रै घटनाको बारेमा विस्तृत विवरण आउने प्रहरीले जनाएको छ ।