नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

खसीकप भलिवलको उपाधी पंखु युवा समूह केत्तुकेलाई

ओखलढुङ्गान्युज, असोज ११, २०७७ ओखलढुङ्गा ओखलढुङ्गाको मानेभञ्ज्याङ्ग गाउँपालिकामा सञ्चालन भएको खसीकप भलिवलको उपाधी विजेता बन्दै पंखु युवा समूह केतुकेले हात पारेको छ । विजेता बन्दै पंखुले ३० हजार बराबरको खसी उपाधी जितेको छ ।

सुनौलो युवा एकता समाज उँबुले आयोजना गरेको प्रतियोगितामा मोली युवा समूहले भने उपविजेतामा नै चित्त बुझाएको छ । उपविजेता बन्दै मोली युवा समूहले नगद रु १२ हजार ५ सय नगद हात पारेको छ ।

गत शुक्रबारदेखी सञ्चालन भएको मानेभञ्ज्याङ्ग गाउँपालिकाको वडा स्तरिय भलिवल प्रतियोगितामा गाउँपालिकाका १२ टिमले सहभागिता जनाएका थिए । लिगकम नकआउट नियम अन्तर्गत सञ्चालन गरिएको प्रतियोगिता आईतवार आएर सम्पन्न भएको हो ।

युवाहरुलाई खेलकुद क्षेत्रमा आकर्षित गराउदै क्षमता विकास गराउने र दक्ष खेलाडीको उत्पादन गर्ने लक्ष्यका साथ प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताका विजेता तथा उपविजेतालाई मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष रामकुमार राईले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।