नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

शनिवार थपिए कोरोनाका १२ सय संक्रमित

ओखलढुङ्गाज्युज, असोज १०, २०७७ काठमाण्डौं शनिबार नेपालमा १२ सय ७ जना नयाँ कोरोना भाईरसका संक्रमित थपिएका छन् । शनिवार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा स्वाब परीक्षण गर्दा ४ सय ११ महिला र ७ सय ९६ जना पुरुष गरि १ हजार २ सय ७ जना कोरोना भाईरसका नयाँ संक्रमित थपिएका हुन् ।

शनिवार आयोजित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित्र पत्रकार भेटघाट कार्यक्रममा मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले यसबारे जानकारी दिनुभएको हो ।  शनिवार सम्ममा देशभर कोरोना भाईरस संक्रमित हुनेको संख्या ७१ हजार ८ सय २१ पुगेको छ। मन्त्रालयका अनुसार २४ घण्टायता १ हजार १ सय ४७ जना कोरोना मुक्त भएका छन् । योसँगै कोरोना निको हुने ५३ हजार १३ पुगेका छन् । 

मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार देशभरका ४९ वटा ल्याबमा २४ घण्टायता १० हजार १९ को पिसिआर परीक्षण गरिएको छ । शनिबार सम्ममा देशभर १८ हजार ३ सय ४१ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये संस्थागत आइसोलेसनमा ७ हजार ८ सय ३३ जना बसिरहेका छन् । प्रबक्ता डा. गौतमका अनुसार कोरोना संक्रमितमध्ये आइसियुमा उपचार गर्नेको संख्या पनि बढ्दैछ । हाल २ सय २४ जना आइसियुमा उपचाररत छन् ।