नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

ओखलढुङ्गामा थपिए कोरोनाका १० संक्रमित

पुरानो ४ जनामा दोश्रो पटक पनि कोरोना पोजेटिभ

विएन श्रेष्ठ, असोज , २०७७ ओखलढुङ्गा ओखलढुङ्गामा विहिबार १० जनामा कोरोना भाईरस संक्रमण रहेको पुष्टि भएको छ । गत शोमबार ओखलढुङ्गाबाट पठाईएका ६१ जनाको स्वाब मध्ये १० जनामा कोरोना भाईरस परीक्षण पोजेटिभ भएको रिपोर्ट आएको हो ।

विहिबार पोजेटिभ रिपोर्ट आएका १० जना मध्ये ४ जना पुरानै संक्रमित हुन् । रुम्जाटार अस्पतालको आईशोलेसन तथा सामुदायीक अस्पताल सोब्रुको आईसोलेसनमा उपचार भैरहेका २९ जना मध्ये ४ जनाको दोश्रो पटक पनि कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको जिल्ला कमाण्ड पोष्ट ओखलढुङ्गाका फोकल पर्सन एवम् जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो ।

अस्पतालको आईशोलेसनमा रहि उपचार गराईरहेका र कोरोना भाईरस परीक्षण रिपोर्ट नेगेटिभ आएकाहरुलाई आज नै केही दिन होम क्वारेन्टाईनमा नै बस्ने गरि डिस्चार्ज गर्न लागिएको स्वास्थ्य प्रमुख तिवारीले बताउनुभयो । नयाँ संक्रमण देखिएकाहरुलाई उपचारका लागि आईशोलेसनमा लाने तयारी जिल्ला कमाण्ड पोष्टले सुरु गरेको छ ।