नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

विहिबार थपिए झण्डै १५ सय कोरोना संक्रमित, १७ को मृत्यु

ओखलढुङ्गान्युज, असोज , २०७७ काठमाण्डौं विहिबार देशमा झण्डै १५ कोरोनाका संक्रमित थपिएका छन् । विहिबार पछिल्लो २४ घण्टामा ५ सय १३ महिला तथा ९ सय ८४ पुरुष गरि १ हजार ४ सय ९७ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमका अनुसार विहिबार नेपालमा कोरोना संक्रमितको संख्या ६९ हजार ३ सय १ पुगेको छ । विहिबार देशभर कोरोना भाईरसका सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय ३७ रहेको छ । विहिबार पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालाहरुमा ११ हजार ४ सय ४९ जनाको पिसिआर परीक्षण गरिएको थियो ।

संक्रमित भएकाहरु मध्ये संस्थागत आईशोलेसनमा ८ हजार ६ सय १४ जना रहेको पनि पत्रका सम्मेलनमा मन्त्रालयका प्रबक्ता डा. गौतमले जानकारी दिनुभयो । विहिबार देशभरका विभिन्न आईशोलेसनमा रहेका संक्रमितहरु मध्ये ४ सय ५७ जनाले कोरोना जितेका छन् । योसँगै कोरोना भाईरस संक्रमण भएर निको हुनेको संख्या पनि ५० हजार ४ सय ११ पुगेको छ । त्यस्तै विहिबार पछिल्लो २४ घण्टामा १७ जना कोरोना भाईरस संक्रमितहरुको मृत्यु भएको छ ।