नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

कांग्रेस सभापति सुनुवार र जिल्ला समन्वय प्रमुख श्रेष्ठले जिते कोरोना

ओखलढुङ्गान्युज, असोज , २०७७ ओखलढुङ्गा नेपाली कांग्रेस ओखलढुङ्गाका सभापति प्रदिप कुमार सुनुवार कोराना भाईरस संक्रमणबाट मुक्त हुनुभएको छ । त्यस्तै जिल्ला समन्वय समिति ओखलढुङ्गाका प्रमुख जय बहादुर श्रेष्ठ पनि कोरोना भाईरस संक्रमणबाट मुक्त हुनुभएको छ ।

विहिवार आएको पछिल्लो रिपोर्टमा सुनुवार र श्रेष्ठ लगायत कोरोना भाईरस संक्रमित भएर आईशोलेसनमा उपचार गराईरहेका मध्ये २५ जना कोरोना मुक्त भएका हुन् । आईशोलेसनमा उपचार गराईरहेको पत्रकार तथा सामुदायीक वन उपभोक्ता महासंघ ओखलढुङ्गाका जिल्ला अध्यक्ष दीर्घ खत्री लगायत चारजनाको भने दोश्रो पटक पनि रिपोर्ट पोजेटिभ आएको छ ।

दोश्रो पटकको कोरोना भाईरस संक्रमणको परीक्षणमा नेगेटिभ रिपोर्ट आएकाहरुलाई विहिबार नै डिस्चार्ज गर्ने तयारी भैरहेको जिल्ला कमाण्ड पोष्ट ओखलढुङ्गाले जनाएको छ । कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएका नयाँ व्यक्तिलाई भने आईशोलेसनमा उपचारका लागि लाने तयारी थालिएको छ । साथै उनीहरुको सम्पर्कमा आएका र लक्षण देखिएकाहरुलाई कन्ट्रयाक्ट ट्रेसिङको आधारमा कोरोना परीक्षणका लागि स्वाब संकलन गरिने पनि जिल्ला कमाण्ड पोष्ट ओखलढुङ्गाले जनाएको छ ।