नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

करेन्ट लागेर मोलुङ हाईड्रोपावरका सुपरभाईजरको ज्यान गयो

ओखलढुङ्गान्युज, असोज , २०७७ ओखलढुङ्गा बुधवार ओखलढुङ्गाका करेन्ट लागेर एकजनाको ज्यान गएको छ । मोलुङ गाउँपालिका वडा नं. १ कुन्तादेवी घर भएका मोलुङ हाईड्रोपावरका सुपरभाईजर प्रमेश पौडेल खत्रीको ज्यान गएको हो ।

सिद्धिचरण नगरपालिका वडा नं. १२ को भडारेमा मोलुङ हाईड्रोपावरको हाईटेन्सन लाईनको पोलमा रहेको जम्पर हटाउन पोलमा चढ्दा उनलाई करेन्ट लागेको थियो । पोलमा चढ्दा विद्युत सर्ट भएर करेन्ट लागेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

पोलमा चढ्दा करेन्ट लागेका पौडेल पोलमा नै झुण्डिएका थिए । स्थानीयको सहयोगमा प्रहरीले उनलाई भुईमा झारेर साुमदायीक अस्पताल सोब्रु लगिएको थियो । सामुदायीक अस्पताल पुर्याउदा उनको पहिले नै मृत्यु भैसकेको अस्पतालले जनाएको छ ।

मृतकको शबलाई पोष्ट मार्टमका लागि रुम्जाटार पठाउने तयारी भएपनि स्थानीय बासीको अबरोधका कारण शबलाई सामुदायीक अस्पतालमा नै राखिएको छ । हाईड्रोपावरको लापरबाहीका कारण उनको जयन गएको भन्दै आवश्यक छानविन र क्षतिपूर्ति दिने भएपछि मात्रै शबलाई पोष्ट मार्टमका लागि लान दिने स्थानीयले अडान लिएका छन् ।

यो स्थानीयहरुले अबरोध गरेपछि घटनाको बारेमा प्रशासनसँग छलफल भैरहेको मोलुङ गाउँपालिका १ कुन्तादेवीका वडा अध्यक्ष प्रदिप कुमार वानियाले जानकारी दिनुभयो । स्थानीयको अबरोधका कारण शबको पोष्ट मार्टमका लागि विहिबार मात्रै रुम्जाटार पठाउने गरि छलफल भैरहेको वडा अध्यक्ष बानियाले जानकारी दिनुभयो ।