नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

गर्भमा रहेको बच्चाको लिङ्ग पत्ता लगाउन श्रीमतीको पेट चिरेपछि

ओखलढुङ्गान्युज, असोज , २०७७ विदेश श्रीमतीको पेटमा रहेको बच्चाको लिङ्ग पत्ता लगाउनका लागि एक व्यक्तिले आफ्नै श्रीमतीको पेट चिरेका छन् । श्रीमतीको पेटमा रेको बच्चा छोरा हो कि छोरी भनेर पत्ता लगाउन पेट चिरेपछि घाईते श्रीमतीको अबस्था गम्भिर रहेको छ ।

घटना भारतको उत्तर प्रदेशको बुँदायु जिल्लामा गत शनिबार भएको हो । घटनामा संलग ब्यक्तिलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । पाँचओटा छोरी जन्माएकी श्रीमतीले फेरी पनि छोरी जन्माउन लागेको आशंकामा धारिलो हतियार प्रयोग गरी श्रीमतीको पेट चिरेको बताईएको छ ।

शनिवार भएको उक्त घटनाका कारण घाईते श्रीमतीको अवस्था गम्भिर रहेको छ भने गर्भमा रहेको बच्चाको मृत्यु भएको छ । गम्भिर घाईते महिलाको भारतको राजधानी दिल्लीको एक अस्पतालमा उपचार भैरहेको छ । भारतमा गर्भपतनलाई कानुनी मान्यता दिइएको भए पनि लिङ्गको आधारमा गर्भपात गर्न पाइँदैन । जन्मअगावै शिशुको लिङ्गबारे जानकारी लिन पनि बन्देज लगाइएको छ ।