नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

आईपिल २०२० ः राजस्थान रोयल्सको सानदार सुरुवात

ओखलढुङ्गान्युज, असोज , २०७७ इन्डियन प्रिमियर लिग (आईपीएल) को यो संस्करणको सुरुवातमा राजस्थान रोयल्सले सानदार जितको सुरुवात गरेको छ । मंगलबार भएको खेलमा चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै आईपीएल २०२० मा शानदार सुरुवात गरेको हो ।

मंगलबार राती भएको खेलमा राजस्थानले चेन्नाईलाई १६ रनले पराजित गर्यो । सन् २००८ को पहिलो संस्करणको च्याम्पियन राजस्थानले १३औं संस्करणमा सुखद सुरुवात गरेको छ । पहिलो खेलमा आईपीएलको साविक विजेता मुम्बई इन्डियन्सलाई पराजित गरेको चेन्नाईले भने पहिलो हार व्यहोरेको हो ।

राजस्थानले दिएको २१७ रनको लक्ष्य पछ्याएको चेन्नाईले २० ओभरमा ६ विकेट गुमाएर २०० रन मात्र बनाएके थियो । चेन्नाईका लागि फाप डु प्लेसिसले सर्वाधिक ७२ रन बनाए । उनले ३७ बल खेल्दै १ चौका र ७ छक्का प्रहार गरे । यस्तै शेन वाट्सनले ३३ रन बनाए भने कप्तान महेन्द्र सिंह धोनीले अविजित २९ रन जोडे । अन्तिम ओभरमा धोनीले ३ छक्का प्रहार गरेका थिए ।