नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

उदियमान हास्य कलाकार सुबोध गौतमलाई पितृशोक

ओखलढुङ्गान्युज, असोज , २०७७ ओखलढुङ्गा नेपाली हास्य जगतका उदियमान कलाकार सुबोध गौतमलाई पितृशोक परेको छ । कलाकार गौतमका बुबा शिव कुमार गौतमको ६२ बर्षको उमेरमा आईतवार दिउसो असामयीक निधन भएको हो ।

केही वर्षदेखी दमको व्यथाले थलिएका गौतमको स्वास्थ्य अबस्थामा समस्या भएपछि केही महिना अगाडी जिल्लाको सामुदायीक अस्पतलमा उपचार गराईएको थियो । सामुदायीक अस्पतालमा करीब २ हप्ता सम्म राखेर उपचार गरिएपछि घर लगिएको थियो । घरमा नै उहाँलाई अक्सिजन सिलिन्डरको व्यबस्था समेत गरिएको थियो ।

हास्यकलाकार गौतमका चार जना दाजुभाई र दुईओटी दिदी वहिनी छन् । चार दाजुभाइ मध्ये सुबोध कान्छा हुन् । हास्यकलाकार गौतम चर्चित हास्य टेलिसिरियल सक्किगोनी का एकदुमे हुन् । उनी एक सय भन्दा बढि मानिस तथा जिवजनावरका आवाज निकालेर दर्शक तथा श्रोताहरुको मन जित्दै आएका छन् ।