नेपाली समय Loading...२०८२ बैशाख ९ मंगलवार

कोरोनावाट पहिलो पटक नेपाली सेनाका जवानको मृत्यु

ओखलढुङ्गान्युज, असोज ४, २०७७ काठमाण्डौं कोरोना भाईरस संक्रमणका कारण नेपालमा पहिलो पटक एकजना नेपाली सेनाका जवानको मृत्यु भएको छ । ब्लड क्यान्सरवाट पिडित ती जवानमा मृत्यु पश्चात कोरोना भाईरसको पनि संक्रमण रहेको पुष्टि भएको छ ।

संक्रमणका कारण मृत्यु भएका उनको घर रामेछाप जिल्ला रहेको बताईएको छ । उनी नेपाली सेनाको काठमाण्डौंमा रहेको एक गुल्ममा कार्यरत रहेको बताईएको छ । ब्लड क्यान्सरवाट पिडित भएर अस्पतालमा उपचार गराउदै गर्दा उनको गत भदौ २९ गते मृत्यु भएको थियो । मृत्यु पश्चात गरिएको उनको कोरोना परीक्षणमा असोज २ गते आएको रिपोर्टमा उनमा कोरोना भाईरसको समेत संक्रमण रहेको पुष्टि भएको हो ।

हालसम्म नेपाली सेनाका २ हजार ५६ जनामा कोरोना भाईरसको संक्रमण भएको पुष्टि भएको र पहिलो पटक नेपाली सेनाका ३४ वर्षिय जवानको मृत्यु भएको नेपाली सेनाका सहायक रथी सन्तोष बल्लभ पौडेलले जानकारी दिनुभयो । पछिल्लो समयमा नेपालका विभिन्न क्षेत्रमा कार्यरत सुरक्षाकर्मीहरुमा कोरोना भाईरस संक्रमणको दरले तिब्रता लिएको छ ।