नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

संबिधान दिवसको अबसरमा ओखलढुङ्गाका पाँचजना विभूषित हुने

ओखलढुङ्गान्युज, असोज ३, २०७७ । काठमाण्डौं । संबिधान दिवसको अबसरमा प्रदान हुने विभिन्न मान पदवीवाट ओखलढुङ्गाका पाँचजना विभूषित हुनुहुने भएको छ । राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्याउनेहरुलाई सरकारले संविधान दिवसमा प्रदान गर्दै आएको विभूषणबाट ओखलढुङ्गाका पाँचजना सम्मानित हुन लाग्नुभएको होे ।

संबिधान दिवस २०७७ को अबसर पारेर ओखलढुङ्गाबाट सम्मानित हुनेहरुमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ओखलढुङ्गाका प्रमुख तथा सगरमाथा जनता माद्यमिक विद्यालय ओखलढुङ्गाका शिक्षिका रहनु भएको छ ।

राष्ट्रपतिवाट प्रदान हुने प्रवल जनसेवा श्री (चतुर्थ) सम्मानबाट ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेल, जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायव उपरीक्षक रुपेश खड्का र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय ओखलढुङ्गाका प्रमुख विजय ठाकुर सम्मानित हुनुहुनेछ ।

त्यसैगरि जनसेवा श्री (पञ्चम) पदकवाट सगरमाथा जनता मावि ओखलढुङ्गाका शिक्षीका कान्ती राजभण्डारी र समाजसेवा रत्न पाउनेमा लिखुगाउँपालिका ७ गाम्नाङ्गटार स्थायी ठेगाना भएका हाल काठमाडौं निवासी रत्नबहादुर थापा क्षेत्री लगायतका व्यक्तिको नाम विभूषित हुनेहरुको लिष्टमा रहेको छ ।

सरकारले संविधान दिवस २०७७ को अवसरमा ५९४ जनालाई बिभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने सूचि सार्वजनिक गरेको छ। सरकारले सार्वजनिक गरेको सूचीअनुसार ४५३ जनालाई मानपदवी ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गरिने छ । यस वर्षको संविधान दिवसको अवसरमा सम्मानित हुनेहरुको सूचीमा १४ जना पत्रकार र दुई जना सन्चारकर्मीसमेत छन् ।