नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ सय नाघ्यो

ओखलढुङ्गान्युज, असोज , २०७७ काठमाण्डौं शनिवार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमित ११ जनाको मृत्यु भएको छ । शनिबार ११ जना थपिएसँगै मृतकको संऋया पनि ४ सय नाघेको छ । योसगै कोरोना संक्रमित मृतकको संख्या ४ सय १ पुगेको छ ।

शनिवार नियमित पत्रकार भेटघाट कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता प्राध्यापक डा. जागेश्वर गौतमले यस्तो जानकारी दिनुभएको हो । प्रबक्ता डा. गौतमका अनुसार शनिबार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १० हजार ३ सय ३३ जनाको स्वाब नमूना परीक्षण गराएकोमा १२ सय ४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

प्रबक्ता डा. गौतमका अनुसार शनिवार देशभरवाट १४ सय ४७ जना कोरोना संक्रमित निको भई उनीहरुलाई डिस्चार्ज गरिएको छ । शनिवार उक्त संख्यामा थपिएसँगै नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या ६२ हजार ७ सय ९७ पुगेको छ । त्यस्तै निको हुनेको संख्या पनि ४५ हजार २ सय ६७ पुगेको छ ।

अब नेपालमा १७ हजार १ सय २९ जना कोरोना भाईरसका सक्रिय सङ्क्रमित रहेका छन् । त्यस्तै ७ हजार ७ सय ३५ जना सरकारी तथा नीजि क्वरेण्टीनमा रहेर उपचार गराईरहेको छन् ।