नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

संबिधान दिवसको अवसरमा नेपाल टेलिकमको डाटा अफर

ओखलढुङ्गान्युज, असोज , २०७७ काठमाण्डौं संबिधान दिवस २०७७ को अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि विशेष डाटा प्याकेजको सुबिधा प्रदान सुरुवात गरेको छ । नेपाल टेलिकमले आज अर्थात असोज २ गतेदेखी ४ गतेसम्म ग्राहकका लागि यो सुबिधा लागू हुने टेलिकमले जनाएको छ ।

संविधान दिवसको अवसरमा टेलिकमले असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक सुबिधा ग्राहकका लागि उपलब्ध गराएको हो । प्याक सुबिधा अन्तर्गत प्रत्येक ग्राहकले फेशबुक र युट्युवमा प्रतिप्याक बराबर छुट्टाछुट्टै ५५ रुपैयाँमा खरिद गरी तीन दिनसम्म प्रयोग गर्न सक्नेछन् ।

अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले एड–अन प्याकको रुपमा १५ रुपैयाँमा एक जीबी डाटा प्याक खरिद गरी डाटा प्रयोग गर्न सकिने सुविधासमेत टेलिकमले उपलब्ध गराएको छ । यो प्याक पनि खरिद गरेको मितिदेखि तीन दिनसम्म प्रयोग गर्न सकिने नेपाल टेलिकमले जनाएको छ ।

टेलिकमले समर अफर अन्तर्गत २८ दिनको समयावधि हुने दैनिक एक जीबी डाटा प्याक ८ सय ५० रुपैयाँमा उपलब्ध गराउदै आईरहेको छ । तर संविधान दिवसको अवसरमा भने यो प्याक ५ सय ५५ रुपैयाँमा उपलब्ध हुनेछ । संविधान दिवसका अवसरमा उपलब्ध अफरहरु *1415*11# डायल गरी प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ ।