नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

बुधबार थपिए कोरोनाका १५ सय ३९ संक्रमित

ओखलढुङ्गान्युज, भदौ ३१, २०७७ ओखलढुङ्गा बुधबार नेपालमा कोरोना भाईसका नयाँ १५ सय ३९ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा मात्रै यो संख्यामा कोरोना भाईरसका संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ  ।

बुधबार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १० हजार ४ सय ९४ जनाको नमुना परीक्षण गरिएको थियो । ती मध्ये उक्त संख्यामा कोरोना भाईरसका संक्रमित थपिएका हुन् । नेपालमा एकैदिन भेटिएको संक्रमितको संख्या यो अहिले सम्मकै धेरै हो । योसँगै नेपालमा कोरोना भाईरस संक्रमित हुनेको संख्या ५८ हजार ३ सय २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो

संक्रमित मध्ये बुधबार सम्म ३ सय ७९ जनाको मृत्यु भएको छ । बुधबार पछिल्लो २४ घण्टामा देशभरवाट १ हजार ६८ जना कोरोना भाईरस संक्रमणबाट निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना भाईरसवाट संक्रमण भएर मुक्त हुनेको संख्या पनि ४१ हजार ७ सय ६ पुगेको छ ।