नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

ओखलढुङ्गामा थपिए कोरोनाका संक्रमित

ओखलढुङ्गान्युज, भदौ ३१, २०७७ ओखलढुङ्गा ओखलढुङ्गामा बुधबार थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा मोलुङ गाउँपालिकाका २१ वर्षिया एक युवती रहेकी छिन् ।

केहि दिन अगाडी परिवारसँगै उनी भारतको राजस्थानवाट ओखलढुङ्गा आएकी थिईन् । ओखलढुङ्गा आउने क्रममा उनलाई जिल्ला प्रबेश गर्ने नाका हर्कपुरमा रहेको होल्डिङ सेन्टरमा राखिएको थियो । उनीसँगै जिल्ला भित्रिएका विभिन्न ठाँउका २९ जना रहेका थिए ।

केहीदिन अगाडी संक्रमित महिला सहित २९ जनाको स्वाब कोरोना परीक्षणका लागि पठाईएकोमा बुधबार एकजनाको मात्रै कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । बाकी २८ जनाको रिपोर्ट नेगेटिभ आएपछि अरुलाई उनीहरुको सम्बन्धित स्थानतर्फ पठाईएको र संक्रमितलाई रुम्जाटार अस्पातालको आईशोलेशनमा उपचारका लागि पठाईएको जिल्ला कमाण्ड पोष्ट ओखलढुङ्गाले जनाएको छ ।

योसँगै ओखलढुङ्गामा हाल संक्रिय कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरुलाई हाल जिल्ला अस्पताल रुम्जाटार र सामुदायीक अस्पताल सोब्रुको आईशोलेशनमा राखेर उपचार भैरहेको छ ।