नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

पाँच कम्पनीको स्यानिटाईजर विक्रिमा प्रतिवन्ध

ओखलढुङ्गान्युज, भदौ २८, २०७७ । काठमाण्डौं । नेपालको राष्ट्रिय औषधी प्रयोगशालाले पाँचओटा उद्योगले उत्पादन गरेको स्यानिटाईजरको उत्पादन तथा विक्रि वितरणमा प्रतिवन्ध गरेको छ । ती उद्योगले उत्पादन गरेको स्यानिटाईजरमा विषाक्त रसायन फेला परेसँगै उनीहरुले उत्पादन गर्ने स्यानीटाईजरको उत्पादन तथा विक्रि वितरणमा प्रतिवन्ध गरेको हो ।

केहि समय अगाडी राष्ट्रिय औषधि प्रयोगशालाले गरेको परीक्षणबाट पाँचओटा उद्योगले उत्पादन गरेको स्यानीटाईजरमा विषाक्त रसायान भइको प्रमाण फेला परेको थियो । ती कम्पनीले उत्पादन गरेको स्यानिटाइजरमा मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने विषाक्त रसायन मिथानल रहेको प्रमाण फेला पारेको थियो । यस्तो विषाक्त रसायन भेट्टाएपछि औषधि व्यवस्था विभागले ती कम्पनीको उत्पादन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाएको हो ।

प्रतिवन्ध लगाईएकाहरुमा भक्तपुरको नेपाल कायाकल्प उद्योग तथा काठमाडौंका हाइजिन सोप एन्ड केमिकल प्रालि, आधार केमिकल्स एन्ड फूड इन्डष्ट्रिज प्रालि, सर्च केमकम हर्बल प्रडक्ट्स र सूर्यमुखी हर्बल प्रडक्ट्सका उत्पादनहरु रहेका छन् ।

प्रयोगशालाका अनुसार ती उत्पादनमा अल्कोहल बेस्ड सम्बन्धी स्तर २०७६ मापदण्ड विपरित रहेकाले उत्पादन तथा विक्रि वितरणमा प्रतिबन्ध गरिएको हो ।