नेपाली समय Loading...२०८२ बैशाख ६ शनिबार

शनिवार १२ सय थपिदा नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार नाघ्यो

ओखलढुङ्गान्युज, भदौ २७, २०७७ काठमाण्डौं शनिवार नेपालमा १२ सय बढि कोरोनाका नयाँ संक्रमितहरु थपिएका छन् । शनिवार पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २ सय १ जना नयाँ कोरोना भाईरसका संक्रमितहरु थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिवार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार १ सय ७६ नमुना परीक्षण गर्दा ४ सय १६ महिला र ७ सय ८५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना भाईरस संक्रमित हुनेको कुल संख्या ५३ हजार १ सय २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

संक्रमित भएकाहरु मध्ये शनिवार थप १२ जनाको मृत्यु भएको छ । यससँगै शनिवारसम्म नेपालमा कोरोना भाईरस संक्रमणवाट मृत्यु हुनेको संख्या ३ सय ३६ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ८ सय ५२ जना कोरोना भाईरस निको भएर डिस्चार्ज भएसँगै कोरोना निको हुनेको संख्या पनि ३७ हजार ५ सय २४ पुगेको मन्त्रालयका प्रबक्ता डा. गौतमले जानकारी दिनुभयो ।

मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार शनिवार कोरोना भाईरस संक्रमित थपिएका जिल्लाहरुमा काठमाडौंका ३७७, ललितपुरका ३७ र भक्तपुरकमा १७ जना रहेका छन् । त्यस्तै मकवानपुरका १०७, चितवनका ९२, सर्लाहीका ८३, रुपन्देहीका ८१, मोरङका ५८, नवलपुरका ५१, कास्कीका ३५, बाँकेका ३२, दाङका २४, कपिलवस्तुका २२, बर्दिया र सुर्खेतका १८/१८ जना, बाराका १५, सुनसरीका १४, पर्सा र सप्तरीका १०/१० जना र पाल्पाका ९ जना रहेका छन् ।

त्यसैगरि महोत्तरी र रोल्पाका ८/८ जना, सिराहा, रामेछाप र स्याङ्जाका ७/७ जना, गोरखाका ६ जना, रौतहट, दैलेख र कैलालीका ४/४ जना, बाग्लुङ, अर्घाखाँची र नवलपरासीका ३/३, काभ्रे, रुकुम पूर्व र डडेलधुराका २/२ तथा इलाम, उदयपुर, ओखलढुंगा, झापा, धनुषा, दोलखा, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, तनहुँ, लमजुङ र प्युठानका १/१ जनामा पनि संक्रमण पुष्टि भएको मन्त्रालयका प्रबक्ता डा. गौतमले जानकारी दिनुभयो ।