नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

लिखुको टारकेराबारी बोलेरो दुर्घटना, घाईते दुवैको अवस्था गम्भिर

ओखलढुङ्गान्युज, भदौ २७, २०७७ ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकामा बोलेरो दुर्घटना भएको छ । बा २१ च ४५३७ नम्बरको बोलेरो दुर्घटना हुदा बोलेरोमा सवार गाडी धनि सहित दुईजना घाईते भएका छन् ।

शनिवार विहान लिखु गाउँपालिका वडा नं. ९ को पोखरी भन्ने स्थानवाट सामान लिन रामेछापको सिरिसे बजार तर्फ जादै गरेको उक्त बोलेरो गाडी लिखु गाउँपालिका वडा नं. ८ टारकेराबारीको चेपढुंगा भन्ने स्थानमा दुर्घटनामा परेको थियो । दुर्घटनामा परि गाडीका धनि दल बहादुर खत्री र स्थानीय पुर्ण बहादुर खड्का घाईते भएका हुन् ।

ओरालो रातोमाटो भएको स्थानमा गाडी चिप्लिएर सडकवाट करीब ५० मिटर तल खसेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायव उपरीक्षक रुपेश खड्काले जानकारी दिनुभयो । बोलेरो दुर्घटना भएपश्चात बोलेरो चालक फरार भएका छन् । यो समाचार तयार गर्दा सम्म सवारी चालक सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेकाहरुलाई उद्धार गरि शिरिसेको स्थानीय स्वास्थ्य संस्थामा पुर्याईएको थियो । घाईतेहरु मध्ये पुर्ण बहादुर खड्काको अवस्था गम्भिर भएपछि थप उपचारका लागि रामेछापको मन्थली लगिएको छ । घाईते दुवैको मन्थलीमा रहेको एक मेडिकलहलमा उपचार भैरहेको छ । उनीहरुको अवस्था हाल सामान्य रहेको पनि प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिनुभयो ।

शुक्रबार मात्रै लिखु गाउँपालिकाको वडा नं. ३ को रजाय पाखा भन्ने स्थानमा मालबाहक ट्रयाक्टर दुर्घटनामा परेको थियो । रामेछाप जिल्लाको साँघुटारवाट लिखु गाउँपालिकाको यसम तर्फ सामान लिएर गएको ट्रयाक्टर दुर्घटनामा परेको हो । दुर्घटनामा सामान पूर्ण रुपमा क्षति भएपनि मानविय क्षति भने भएको थिएन ।